३७ वर्षदेखि सेवा गरिहेको छु, मर्चवारमा मेरो विकल्प छैनः शुक्ला


मर्चवार– रुपन्देही क्षेत्र नम्बर ४ का जसपा नेपालका उम्मेदवार सर्वेन्द्रनाथ शुक्लाले ३७ वर्षदेखि मर्चवारका जनताको सेवामा तल्लिन रहेकाले जनप्रतिनिधिका रुपमा आफ्नो विकल्प नरहेको बताएका छन् । करिब ४ दशकदेखि जनताको सुखदुःख र क्षेत्रगत विकासमा साथ दिइरहेका कारण मर्चवारका बासिन्दाले आफूलाई रोज्ने उनको विश्वास छ ।
मर्चवारमा आमसभा र घरदैलो अभियान तिव्र बनाएका शुक्ला ग्रामीण राजनीतिको पाका खेलाडी हुन् । यसपटक रुपन्देही–४ मा अरु दलका उम्मेदवारले जति नै चुरीफुरी गरे पनि अन्ततः शुक्लाले बाजी मार्ने बताइरहेका छन् । ३७ वर्ष अघि अमेरिका जाने अवसर मिल्दा समेत मर्चवारका जनताको सेवा गर्नुपर्छ भनेर मर्चवार फर्किएको उनले बताए ।
मुलुकमा कठिन भन्दा कठिन राजनीतिक परिस्थितिका बेला पनि मर्चवार नछाडेको इतिहास उल्लेख गर्दै उनले भने, ‘अब जिवित रहेसम्म मर्चवारका जनताकै सामु रहन्छु ।’ घरदैलोका क्रममा उनले बालकदेखि बृद्धसित छलफल र भेटघाट गरिरहेका छन् । यसैक्रममा उनले रुपन्देहीको कक्रहवा नाकामा पुगेर चेलिबेटी बेचबिखन समस्या बारे बुझेका छन् । चेलिबेटी बेचबिखन राष्ट्रिय समस्या भएकाले यसको समाधानका लागि आवश्यक नीति तय गर्न प्रतिवद्ध रहेको बताए ।
रुपन्देही ४ का विभिन्न क्षेत्रमा घरदैलो र कोण सभा आयोजनालाई शुक्लाले तिब्रता दिएका छन् । पछिल्लो समय मर्चवारका जनता विभाजित बनेकोमा उनले चित्त दुखाएका छन् । शुक्लाका अनुसार २०७४ सालको संसदीय निर्वाचन भन्दा अगाडि मर्चवारका जनता जातीय र धार्मिक रुपमा विभाजित थिएनन् । त्यसयता जनता जातीय र धार्मिक रुपमा विभाजित भएकाले समाजमा फाटो उत्पन्न भइरहेको उनले बताए । सामाजिक एकता कायम गर्न पनि अब मर्चवारमै बसेर जनताको सेवा गर्न आफू प्रतिवद्ध रहेको उनले जनाए ।
विगतमा आफूले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास लगायतका काम गरेको स्मरण गर्दै शुक्लाले जनतालाई लामो समयदेखि साथ दिएकै कारण फेरि पनि क्षेत्रबासीको माया पाइराखेको सुनाए ।
रूपन्देही–४ : पूरानालाई युवा र नयाँ दलको चुनौती, बाचा भने पूरानै








प्रतिकृया दिनुहोस्