August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

अर्थ

अमेरिका र बेलायतबाट एक करोड डोज भ्याक्सिन ल्याइने

अमेरिका र बेलायतबाट एक करोड डोज भ्याक्सिन ल्याइने

कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निरन्तर क्रियाशिलतासँगै विभिन्न देशबाट सहयोग आउने क्रम बढेको छ । मुख्य सचिव शंकरदास वैरागीको सक्रियतामा सरकारको प्रशासनिक निकायले कोभिड नियन्त्रणमा प्रभावकारी भूमिका खेलिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । सोहीअनुसार सरकारले अमेरिका र बेलायतबाट १ करोड डोज भ्याक्सिन ल्याउने गृहकार्य अघि बढाएको हो ।…

रामपुर नगरपालिकाद्वारा खोप खरिद गर्न अनुमती माग

रामपुर नगरपालिकाद्वारा खोप खरिद गर्न अनुमती माग

पाल्पा– पाल्पाको पूर्वी रामपुर नगरपालिका खोप खरिदका लागि संघीय सरकारसित अनुमती मागेको छ । नगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसित आफै खोप खरिद गर्ने प्रस्ताव गरेको हो । यसका लागि स्वास्थ्यमन्त्री हृदेयश त्रिपाठीसित भेट गरेको नगरपालिकाले जनाएको छ । रामपुरमा संक्रमण फैलिरहेको र त्यसबाट नगरबासीलाई बचाउन यस्तो प्रस्ताव गरेको नगर प्रमुख रमणबहादुर थापाले बताए । प्रचलित…

  • अध्यादेशबाट बजेट ल्याउने तयारी

    अध्यादेशबाट बजेट ल्याउने तयारी

    सार्वभौम सत्ता सम्पन्न प्रतिनिधिसभालाई मासेर सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्दै छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार पत्रकार सम्मेलनमा अध्यादेशबाट बजेट ल्याउने बताए । संसद् नभएको अवस्थामा आपत्कालीन प्रयोजनका लागि अध्यादेश ल्याउने अभ्यास रहँदै आए पनि अध्यादेशबाट आउने बजेट कस्तो...

  • रुपन्देही प्रहरीद्वारा अवैध काठ बरामद

    रुपन्देही प्रहरीद्वारा अवैध काठ बरामद

    भैरहवा- जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले अवैध काठ बरामद गरेको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका–४ र सैनामैना नगरपालिका–५, बालापुरबाट अवैध काठ बरामद गरेको हो । सिद्धार्थनगर नगरपालिका–११ का रसुल मिया र कोटहीमाई गाउँपालिका–६ बस्ने जितेन्द्र यादवले लु ३ प ८६८४ नम्बरको...

  • रोहिणीमा संचालनमा आयो ‘फूड बैंक’

    रोहिणीमा संचालनमा आयो ‘फूड बैंक’

    भैरहवा- रोहिणी गाउँपालिकामा फूड बैंक स्थापना भएको छ । गाउँपालिका र लायन्स क्लब अफ रोहिणीको संयुक्त पहलमा फूड बैंक संचालन गरिएको हो । उक्त फूड बैंक आजबाट संचालनमा आएको छ । लकडाउनका कारण पालिकाभित्रका गरिब तथा विपन्न परिवारको चुल्हो निभ्न...

  • कोरोना कहर : दैनिक प्रतिगाडी २४ सय जरिवाना तिर्दै व्यवसायी

    कोरोना कहर : दैनिक प्रतिगाडी २४ सय जरिवाना तिर्दै व्यवसायी

    भारतबाट सामान बोकेर आएका मालबाहक गाडी । यी गाडी दिउँसो भन्सार जाँचपास भएर निस्किएपछि भैरहवास्थित देवकोटाचोकमा प्रहरीले रोकेर राखेको हो । तस्बिरः पब्लिक कुरा भैरहवा– सामान बोकेर नेपाल आउने भारतीय नम्बर प्लेटका मालबाहक गाडी भन्सार पास भएको ७२ घण्टाभित्र अनलोड...

  • सिद्धबाबामा सुरुङ मार्ग निर्माणको तयारी

    सिद्धबाबामा सुरुङ मार्ग निर्माणको तयारी

    रुपन्देही– पाल्पा र रुपन्देही जिल्लाको सीमाना पर्ने सिद्धार्थ राजमार्गस्थित सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउने तयारी थालिएको छ । यसका लागि आइतबार टेण्डर आह्वानसमेत भएको छ । अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ठेक्का प्रक्रिया अघि बढाउन गत मंसिरमै...

  • कोरोना संक्रमणको मारमा निर्माणाधीन गौतमबुद्ध विमानस्थल

    कोरोना संक्रमणको मारमा निर्माणाधीन गौतमबुद्ध विमानस्थल

    भैरहवा– निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको अन्तिम म्याद यसअघि गत डिसेम्बर ३१ सम्म थियो । त्यो समयभित्र सम्पन्न हुन नसक्ने भएपछि ६ महिनाका लागि फेरि म्याद थपेर आउँदो जुन ३० सम्म पुर्याइएको छ । सन् २०१४ देखि निर्माण सुरु...

  • सिद्धार्थनगरलाई रोटरीद्वारा स्वास्थ्य उपकरण सहयोग

    सिद्धार्थनगरलाई रोटरीद्वारा स्वास्थ्य उपकरण सहयोग

    भैरहवा– रोटरी क्लब अफ भैरहवा र रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले संयुक्त पहलमा हिमालयन डिस्टिलरीको सहकार्यमा सिद्धार्थनगर नगरपालिकालाई स्वास्थ्य उपकरण सहयोग गरेका छन् । क्लबको सहकार्यमा तीन थान अक्सिजन कन्सन्टेटर, पीपीई सेट ४० थान, अक्सिमिटर तीन थान र अक्सिजन रेगुलेटर...