September 21, 2023, Thursday
४ आश्विन २०८०, बिहीबार

भारतले नेपाललाई मागेजति मल नदिने

भारतले नेपाल सरकारलाई मागेजति रासायनिक मल नदिने जानकारी  पठाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले  सरकार–सरकार (जीटुजी)मार्फत रासायनिक मल खरिद गर्ने सम्झौताको मस्यौदा भारतलाई पठाउँदा भारतले सो जानकारी दिएको हो ।

Advertisement

भारतसँग जीटुजीमार्फत मल खरिद गर्न भनि मन्त्रिपरिषद्ले कृषि  मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएपछि सम्झौताका लागि भारतलाई अन्तिम मस्यौदा  पठाएको  थियो ।

Advertisement

परराष्ट्र मन्त्रालयमार्फत  पठाएको सो पत्रको जवाफ आइसकेको  कृषि  मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयले भारत सरकारसँग जीटुजीमार्फत पाँच वर्षका लागि मल खरिद गर्ने सम्झौता गर्न लागेको हो ।

कृषि  मन्त्रालयका  प्रवक्ता  श्रीराम  घिमिरेका अनुसार पहिलो वर्ष एक लाख १० हजार मेट्रिक टन, दोस्रो वर्ष एक लाख २५ हजार मेट्रिक टन, तेस्रो वर्ष एक लाख ४० हजार मेट्रिक टन गर्दै पाँचौँ वर्षमा  दुई  लाख  १५  हजार  मेट्रिक  टन  मल  खरिद  गर्ने  प्र‚ताव  गरिएको  छ तर  भारतले यो मात्रामा  मल  दिन  नसकिने  भन्दै  मात्रा  घटाउन आग्रह गर्दै पत्र पठाएको छ

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।