July 14, 2026, Tuesday
२०८३ असार ३१ बुधबार

एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपाल समूहविजेता बन्दै क्‍वाटरफाइनलमा

Advertisement

एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले लगातार तेस्रो जित निकाल्दै समूहविजेता बनेर क्वाटरफाइनल प्रवेश गरेको छ ।

Advertisement

समूह ‘डी’ अन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा नेपालले हङकङमाथि १८१ रनको अर्को फराकिलो जित हासिल गरेको हो ।

नेपालले दिएको २१२ रनको बलियो लक्ष्य पछ्याएको हङकङले पूरा २० ओभरमा ९ विकेट गुमाएर ३० रन मात्र बनाउन सक्यो ।

वोङ विङले सर्वाधिक १३ रन बनाइन् । अन्यले दोहोरो अंक छुन सकेनन् । नेपालका लागि कप्तान सोनी पाख्रिनले ४ ओभरमा ४ रन दिएर ४ विकेट लिइन् । मनिषा उपाध्यायले २ तथा कृश्मा गुरुङ र स्न्हा महराले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर २११ रन बनाएको थियो । कप्तान सोनी पाख्रिनले सर्वाधिक ९० रन बनाइन् । ६० बलमा उनले १३ चौका र १ छक्का प्रहार गरिन् । सावित्री धामीले ५२ तथा अलिशा यादवले अविजित २३ रन बनाइन् ।

नेपालले यू-१९ स्तरमा बनाएको यो दोस्रो सर्वाधिक योगफल हो भने जारी प्रतियोगिताको सर्वाधिक योगफल समेत हो । यसअघि सन २०२५ महिला यू-१९ टी-२० विश्वकप छनोटमा नेपालले कुवेतविरुद्ध २१३ रनको योगफल बनाएको थियो ।

हङकङका लागि निमरा अरबले २ तथा वोङ विङ र आरुज फातिमाले १-१ विकेट लिए । नेपालले यसअघि पहिलो खेलमा कतारलाई १०५ रनले अनि दोस्रो खेलमा सिंगापुरलाई १५१ रनले पराजित गरेको थियो ।