July 14, 2026, Tuesday
२०८३ असार ३१ बुधबार

बैंकिङ कसूरमा बुटवलकी पार्वती पन्त पौडेल पक्राउ

Advertisement

भैरहवा– बैंकिङ कसुर मुद्दामा रुपन्देही प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सैनामैना नगरपालिका माइत भई बुटवल उपमहानगरपालिका, दीपनगर (हिलपार्क नजिक) घर भएकी पार्वती पन्त पौडेल छन् ।

Advertisement

उनलाई इलाका प्रहरी कार्यालय, बुटवलले शुक्रबार दिउँसो पक्राउ गरेको हो । प्रहरीका अनुसार पौडेलले सैनामैनाका सम्राट चन्दलाई ११ लाख रुपैयाँको चेक दिएकी थिइन् । तर, पछि उक्त चेक हराएको भन्दै बैंकमा भुक्तानी रोक्न निवेदन दिएको दिएकी थिइन् ।

यसपछि चन्दले प्रहरीमा उजुरी दिएका थिए । सोही घटनासम्बन्धी बैंकिङ कसुर मुद्दामा प्रहरीले पौडेललाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी कृष्ण चन्दले अदालतको पक्राउ पुर्जीका आधारमा पौडललाई गरिएको जनाए । पौडेललाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, भैरहवा, रुपन्देहीको हिरासतमा रहेकी उनमाथि थप अनुसन्धान जारी रहेको डीएसपी चन्दले बताए ।