सरकारमाथि उठेका प्रश्नको प्रतिरक्षामा सभामुख उत्रनु उचित होइनः महासचिव पोखरेल


भैरहवा– नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारमाथि उठेका प्रश्नको प्रतिरक्षामा सभामुख उत्रनु उचित नभएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै महासचिव पोखरेलले संसदीय खेलका खेलाडी सांसदहरू नै हुन् भन्ने स्मरण पनि गराएका छन् ।
पोखरेलले सरकारको प्रतिरक्षामा मात्र नभई सभामुख विपक्षी सांसदहरूसँग बहसमा पनि उत्रिने गरेकोका आपत्ति प्रकट गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारको आलोचना गर्दा सभामुखले त्यसको प्रतिवाद र प्रतिरक्षा गर्ने क्रम बढेपछि महासचिव पोखरेलको यस्तो धारणा आएको हो ।
पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् – सरकारमाथि उठेका प्रश्नहरूको प्रतिरक्षा र विपक्षीसँगको बहसमा सभामुख स्वयं उत्रिनु उचित होइन । संसदीय खेलका खेलाडी सांसदहरू नै हुन् ।








प्रतिकृया दिनुहोस्