अवैधरूपमा माटो उत्खनन् र ओसारपसारमा संलग्न ५ ट्याक्टर र लोडर नियन्त्रणमा


भैरहवा– प्रहरीले अबैध माटो उत्खनन् तथा ओसारपसार कार्यमा संलग्न ५ वटा सवारी साधन नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय, लुम्बिनी र प्रहरी चौकी, सुक्रौलीआमा रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार सवारी साधन नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको साधनमा लु ४ त ९२९९ नम्बरको ट्याक्टर लोडर, लु ४ त ८९६३, लु २ त ९१४३ र लु ४ त ६०४१ नम्बरको ट्याक्टर छन् । यस्तै नम्बर नखुलेको अर्को एउटा ट्याक्टर पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
ती ट्याक्टर लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १२, अमवामा अवैध रुपमा माटो उत्खनन् तथा ओसारप्रसार गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको रुपन्देही प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका साधनहरुलाई आवश्यक कारवाहीको लागि लुम्बिनी साँस्कृतिक नगरपालिकाको कार्यालयमा बुझाइएको प्रहरीले बताएको छ ।








प्रतिकृया दिनुहोस्