शनिबार रूपन्देहीका तीनवटा क्षेत्रमा राजेन्द्र लिङ्देनको संकल्प यात्रा


भैरहवा– आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले रुपन्देहीका तीन वटा क्षेत्रमा संकल्प यात्रा गर्ने भएका छन् ।
पार्टीका नेता शंकर खत्रीका अनुसार शनिबार (फागुन ९) जिल्लाको क्षेत्र नम्बर १, २ र ५ मा अध्यक्ष लिङ्देनले संकल्प यात्रा गर्न लागेका हुन् । ‘अध्यक्षज्यूको संकल्प यात्राले पार्टी पंक्ति र आम मतदातामा नयाँ तरंग ल्याउने छ’, उनले भने, ‘जितको नजिक रहनुभएका हाम्रा उम्मेदवारहरुलाई नयाँ आशा र विश्वास जगाउने छ भने मतदातामा थप उत्साह थप्ने छ ।’
राप्रपा रुपन्देहीका अनुसार जिल्लाको क्षेत्र नम्बर १ मा दिउँसो १ बजेर ३० मिनेटमा लिङ्देनको संकल्प यात्रा प्रवेश गर्नेछ । यसपछि १ः४० मा खैरेनीमा कोण सभा हुनेछ । २ बजे क्षेत्रको सितलनगर, २ः२० भवानीपुर, २ः४० मा सिक्टहन–शंकरपुर, ३ बजे धकधईमा कोणसभा हुनेछ । यस्तै, ३ः३० मा पट्खौली, ३ः४५ मा सग्रहवा, ३ः५५ मा कान्छीबजार र ४ः१० मा मंगलापुर–मणिग्राम संकल्प यात्रा हुने राप्रापले जनाएको छ । क्षेत्र नम्बर १ मा राप्रपाबाट युवा नेता प्रज्जवल बोहरा (प्रशान्त) उम्मेदवार छन् । यो क्षेत्रमा राप्रपाको राम्रो प्रभव छ भने बोहराको उम्मेदवारीले मतदाता र पार्टी पंक्ति थप उत्साहित छ ।
यस्तै, अध्यक्ष लिङ्देनको संकल्प यात्रा दिउँसो ४ः३५ मा क्षेत्र नम्बर २ मा प्रवेश गर्नेछ । बुटवल हुँदै यात्रा ४ः५५ बजे मुर्गिया संनामैना पुग्नेछ । यस्तै, क्षेत्र नम्बर ५ मा ५ः३० बजे रामपुर कलौनीमा कोण सभा हुनेछ । अध्यक्ष लिङ्देनले रुपन्देहीमा संकल्प यात्रा गर्ने भएपछि राप्रपाले यसको तयारी थालेको छ । राप्रपाले रुपन्देहीमा कम्तिमा तीन क्षेत्रमा जित निकाल्ने दावी गर्दै आएको छ । अध्यक्ष आएपछि यसको प्रभव झन बलियो हुने विश्वास राप्रपाको छ ।








प्रतिकृया दिनुहोस्