सरकारी विद्यालय सुधार गरेर भैरहवालाई शैक्षिक हव बनाइनेछ: फैज अहमद खान


भैरहवा–नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रुपन्देही–३, का उम्मेदवार फैज अहमद खानले सरकारी विधालयको स्तरोन्नती र पूर्वाधार सुधार गरेर भैरहवालाई शैक्षिक हब बनाउने बताएका छन् । सरकारी विद्यालय सुधार गर्न सकेमा याँहाका बालबालिकाको भविष्य सुनिश्चित हुने भएकाले त्यसका लागि आफू लागि पर्ने बताए ।
सिद्धार्थनगर नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा सुधार नदेखिएकाले भैरहवाबाट अध्ययनका लागि विधार्थी बुटवलमा गइरहेको जानकारी दिए । ‘जसले गर्दा याँहाको व्यापार व्यवसायमा प्रत्क्षय असर गरेको छ,’ उनले भने, ‘भैरहवाका विधार्थी बुटवल, काठमाडौं लगायत मुलुकका अन्य भागमा गएर पढिरहेका छन् ।’
एकातिर टाढा अध्ययन गर्न जाँदा विधार्थीको समय खेर गइरहेको छ । अर्कोतर्फ भैरहवाको शैक्षिक व्यापार पनि खस्किरहेको उनले बताए । सामुदायिक विद्यालयको भौतिक पूर्वधारको सुधारका विषयलाई लिएर यसपटक चुनावी एजेण्डा बनाएको उनले बताए । ‘सरकारी स्कुलमा राम्रा शिक्षक छैनन, राजनीति हावी छ, पूर्वधार विकास भएको छैन,’ उनले भने, ‘भौतिक संरचना निमार्ण पूर्ण भएका छैनन ।’ वर्षौ देखि सुधार हुन नसकेका यस्ता विषयमा आमुल परिवर्तन ल्याउन आँफू उम्मेदवार बनेको उनले बताए ।
रुपन्देही–३, का विधार्थीको भावनालाइ समेटेर भैरहवाका विद्यार्थीलाई आफ्नै सहरमा पढ्ने वातावरण तयार गरिने उनले बताए । ‘याँहाका जनताले केही समय टुहुरो पनि महसुस गर्नभएको थियो,’उनले भने, ‘अब म यहाँहरुको माझमै रहनेछु ।’ आफूसित भानु मावि व्यवस्थापन समितिको तीन पटक अध्यक्ष भएर काम गरेको अनुभब रहेकाले शिक्षा क्षेत्रमा सुधारका लागि समस्या नहुने उनको भनाई रहेको छ ।
आफू अध्यक्ष भएका बेला भानु माबिको भौतिक पूर्वाधार सुधार गरेर ११ र १२ कक्षामा कानुन विषयको अध्ययन सुरुवात गरेको उनले बताए । यसबाट विद्यार्थीलार्ई बुटवल जानुपर्ने बाध्यता अन्त्य भएको दाबी उनले गरे ।








प्रतिकृया दिनुहोस्