August 10, 2026, Monday
२०८३ श्रावण २५ सोमबार

गोकुल बाँस्कोटाको कटाक्ष– वामपन्थी एकता पटक–पटक फुटेको हाँडी जोड्ने लालसा

Advertisement

पछिल्लो समय नेपालका कम्युनिस्ट पार्टीहरूबीच पुनः वामपन्थी एकताको चर्चा चुलिएका बेला नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले यसप्रति कडा कटाक्ष गरेका छन्।

Advertisement

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्ष नेताहरूले वामपन्थी एकताको बहसलाई अगाडि बढाइरहेका बेला नेता बाँस्कोटाले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि र व्यङ्ग्य व्यक्त गरेका हुन्।

सामाजिक सञ्जालमा लेख्दै बाँस्कोटाले अहिले भइरहेको एकताको प्रयासलाई ‘पटकपटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग’ को संज्ञा दिएका छन्।

शीर्ष नेतृत्वले आसन्न राजनीतिक परिस्थितिलाई ‘भयङ्कर खतरा’ का रूपमा चित्रण गर्दै चलाएको यो बहस रूपमा सुन्दर देखिए पनि सारमा भने आफ्नो असफलता लुकाउने र शक्तिमा टिकिरहने एउटा ‘भुत्ते हतियार’ मात्र भएको उनको टिप्पणी छ।

नेता बाँस्कोटाले एकताको कुरा गर्ने नेताहरूलाई विगतको गल्ती स्वीकार गर्न र नेतृत्व हस्तान्तरण गर्न समेत चुनौती दिएका छन्।

उनले लेखेका छन्, “सुधार र शक्ति आर्जन चाहेकै हो भने पहिला फुटाएर गल्ती भो भन। आफू छोडेर सहकर्मीलाई अघि बढ भन्न सक्छौ?”