भोेली र पर्सी अधिकांश स्थानमा भारी बर्षाको पूर्वानुमान


भैरहवा–भोेली र पर्सी देशका अधिकांश भागमा भारी बर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही स्थानमा मुसलधारे बर्षा हुने छ ।
महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै मनसुन क्रमशः सक्रिय हुँदै गएकाले आउदो असार १६ र १७ गते देशका अधिकांश भागमा भारी वर्षा हुने पूर्वानुमान गरेको हो ।
महाशाखाका अनुसार, बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्दै गएको छ । यसले गर्दा मनसुन देशका सवै क्षेत्रमा थप फैलिने सम्भावना रहेको छ ।
महाशाखाको बुलेटिन अनुसार मधेस, कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने सम्भावना छ । पहाडी तथा तराई क्षेत्रका धेरै र हिमाली क्षेत्रका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
सम्भावित मुसलधारे वर्षाका कारण प्राकृतिक विपत्तिको जोखिम उच्च रहेको भन्दै महाशाखाले सर्वसाधारण र सरोकारवाला निकायलाई बाढी, पहिरो र डुबानको जोखिमका वारेमा सचेत गराएको छ । जोखिम प्रति सजग रहदै उच्च सतर्कता अपनाउन विभागको आग्रह छ ।
भारी वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान, बहावको जोखिम बढ्न सक्ने, सहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने र ठूला–साना नदीखोलामा पानीको सतह बढ्न सक्ने बुलेटिनमा उल्लेख छ । मौसममा आउने यस बदलाबले सर्वसाधारणको दैनिक जनजीवन मात्र नभई विभिन्न क्षेत्रमा प्रत्यक्ष असर पार्ने अनुमान छ । सडक तथा हवाई यातायात सेवामा अवरोध आउन सक्नेवारेपनि सजग गराइएको छ ।








प्रतिकृया दिनुहोस्