July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

होटल पौवा भैरहवा शाखाले पायो खाद्य सुरक्षा मूल्यांकनमा ‘क’ श्रेणीसहित ९७ अंक

Advertisement

भैरहवा– होटल पौवा प्रालि, भैरहवा शाखाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, रुपन्देहीद्वारा गरिएको खाद्य सुरक्षा तथा स्वच्छता अनुगमनमा उच्च श्रेणी हासिल गर्न सफल भएको छ । कार्यालयका अनुसार १०० पूर्णाङ्कमा ९७ अंक प्राप्त गर्दै पौवाले ‘क’ श्रेणी हासिल गर्न सफल भएको छ । उक्त श्रेणी खाद्य स्वच्छता राम्रो भएमा मात्रै प्रदान गरिन्छ ।

Advertisement

अनुगमनका क्रममा होटलको भान्सा, खाद्य पदार्थको भण्डारण, सरसफाई, खाद्य तयारी प्रक्रिया, कर्मचारीको व्यक्तिगत स्वच्छता तथा खाद्य सुरक्षा मापदण्डहरूको विस्तृत मूल्याङ्कन गरिएको कार्यालयले जनाएको छ । उत्कृष्ट व्यवस्थापन र खाद्य सुरक्षाप्रतिको प्रतिबद्धताका आधारमा होटललाई ‘भेरी गुड ए’ रेटिङ प्रदान गरिएको हो ।

यस उपलब्धिप्रति होटल पौवा प्रालिका महाप्रबन्धक शालिकराम खरेल (निशान) ले खुसी व्यक्त गरे । उनले भने, ‘ग्राहकलाई सुरक्षित, स्वच्छ र गुणस्तरीय सेवा प्रदान गर्नु हाम्रो पहिलो दायित्व हो । यो सफलता सम्पूर्ण होटल परिवारको मेहनत, अनुशासन र सेवाप्रतिको समर्पणको परिणाम हो । आगामी दिनमा पनि खाद्य सुरक्षा तथा उत्कृष्ट आतिथ्य सेवामा कुनै सम्झौता नगरी अझ उच्च मापदण्ड कायम राख्नेछौं ।’

होटल व्यवस्थापनले यस सफलतामा योगदान पुर्याउने सम्पूर्ण कर्मचारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, रुपन्देही तथा होटलप्रति विश्वास गर्ने सम्पूर्ण ग्राहकप्रति कृतज्ञता व्यक्त गरेको छ । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ…’ भन्ने आफ्नो नारालाई आत्मसात गर्दै होटल पौवा भैरहवा शाखाले आगामी दिनहरूमा पनि सुरक्षित, स्वच्छ र गुणस्तरीय आतिथ्य सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

मुलुकका विभिन्न सहरमा दुई दर्जना शाखासहित सेवा दिइरहेको पौवा स्वाद, व्यवस्थापन, खाद्य स्वच्छता, गुणस्तरीयता र आतिथ्यताका लागि उत्कृष्ट मानिन्छ । पौवाको सेवाकै कारण धेरै पाहुना खुशी छन् । यही कारण एकपटक पौवाका कुनै पनि शाखामा पुग्ने आन्तरिक तथा बाह्य पर्यपटक पटक–पटक दोहोर्याएर जाने गरेका छन् ।