कागको गजब संसार



भैरहवा– कागको संचार गजब हुन्छ । एउटा करायो भने सुनेर अरु वरिपरिका काग झुम्मिन्छन् । गजबको संचार विकास गरेका हुन्छन् । एकता र सहयोगी भावना दर्शाउँछन् । एउटा काग मर्यो भने वरिपरिका सबै भेला हुन्छन् । मर्यो भन्ने इभेण्टको मार्क गर्ने चराविद् डा. हेमसागर बरालले बताए । भिन्न प्रजाति भए पनि उनीहरुमा कसिलो सद्भाव छ । तराईमा घर कागलाई समस्या भयो भने वन काग पनि आइदिन्छन् । पूर्वीय कालो कागलाई समस्या भयो पर्यो भने वन काग पनि पुग्छ । बाहिर आक्रमणलाई परास्त गर्न एक जुटभएर जाइलाग्छन् । काग आफ्नो साथी मरेको दिन शोक मनाउँछ । केही खाँदैन् । कागले एक्लो खाँदैन । साथीसँग मिलीजुली र बाँडीचुडी खान्छ ।
बौद्धिक क्षमता पनि कसिलो हुन्छ । आफूलाई आक्रमण गर्न खोज्नेलाई लामो समयसम्म चिन्छ । नजिकै देखे कराउँछन् । सितिमिति भुल्दैन् । घर वरिपरि नयाँ मान्छे आए कराइदिन्छ । कागलाई एक दमै भोक लाग्यो भने मान्छे नजिक आएर चिच्याउँछन् । नेपालमा ७ प्रजातिका काला काग पाइन्छ । घर काग, पहाडी कालो काग, पूर्वीय कालो काग, कालो काग र राजा काग छन् । हिमालतिर राजा, टुङगा र टेमु पाइन्छन् । कागले प्रहरी जस्तो काम गर्छ । केही आयो भने खबर गर्ने गर्छन् । विरालो, सर्प, बाघ र भालु लगायतका वन्यजन्तु आए कराएर जानकारी दिन्छन् । ‘कराउनु भनेको जानकारी दिएको हो,’ चराविद् बरालले भने्, ‘कागले सूचना दिँदा गर्भिलो महशुस गर्छन् ।’
काग अति चलाख सर्वभक्क्षी पंक्षी हो । यसले एकदेखि १० सम्म गन्ती पनि गर्न सक्छ भन्ने मानयता छ । कागहरु धेरै भएको ठाउँमा अन्य ससाना चरालाई डोमिनेट गरेर राख्छ । साना चराको बचेरालाई आहार बनाउँछ । यो एग्रेसिब नेचरको हुन्छ । ओथारो बसेको बेला नजिक जाने जो कोहीलाई पनि ठुङ्छ । कागले सबैलाई सम दृष्टिले हेर्छ भन्ने धार्मिक मान्यता छ । विकार, खकार र दिशा खान्छ । सिनो, फालेको मासुको टुक्रा र फोहोर खाएर वातावरण संरक्षणको पनि काम गर्छ ।
बालीनाली हानी गर्ने किरा फट्यांग्रा खाएर उब्जनी बढाएर कृषकलाई सहयोग गर्छ । उता खासगरि सूचना दिने काम गर्छ । वन कागले मान्छेको फलो गर्छ । वनमा मान्छे भए नभएको सूचना दिन्छ । वन क्षेत्रमा खतरा जोखिम भए त्यसको सूचना पनि दिन्छ । कागको स्मरण शक्ति निक्कै हुन्छ । कागलाई हानी नोक्सानी पुर्याउने ब्यक्तिलाई चिन्छ । नजिकै गए कराएर आक्रमणै गर्न खोज्छ । खेदाउँछ । चलाख, बहादुर र तिक्ष्ण हुन्छ ।
कागसँग छोईनु हुन्न् भन्ने मान्यता गलत छ । कागले छोउ, छोईए अनिष्ट हुन्छ भन्ने पुरानो मान्यता छ । तर, यो गलत रुढीबादी परम्परा हो । कागले विकार खाने गर्छ । जति नै सफा गरेपनि उसको ठोडको चुच्चोमा ब्याक्टेरिया र विकार रही रहन्छ । त्यो मानवको संसर्गमा आयो भने हानी पुर्याउँछ भनेर नछुने भनिएको उनले बताए । सूचना बाहक चराका रुपमा हेरिने कागले नचिनेका मान्छे वा जंगली जनावर आए मानिसलाई तिनबाट सुरक्षित रहन सचेत बनाउने चराविद् कृष्णप्रसाद भुषालले बताए । काठमाडौं उपत्यकामा सहरी चरा घट्दै गएका बेला काग भने बढ्दै गएको उनले बताए ।

नेपाल पंक्षी संरक्षण संघले छ–छ महिनामा उपत्यकाका २४ स्थानमा गर्ने गणनामा त्यस्तो तथ्याङ्क बाहिर आएको उनले बताए । बढ्दो सहरीकरण, प्रदूषण र फोहोरमैलासँग काग अनुकूलित हुँदा यस्तो भएको अनुमान गरिएको उनले बताए । समूहमा बस्न रुचाउने काग आफ्नो क्षेत्र निर्धारण गरेर गुँड लगाउँछन् । छेउछाउ मानिस वा अन्य शुत्रजीव पुग्दा रिसाउने र ठुङन खोज्ने गर्छन् । आवाजबाट अन्य कागलाई बोलाएर सामूहिक रुपमा कराउँदै धपाउने गर्छन् । कागले साना तिना चरालाई आफनो छेउछाउ बस्न दिदैनन् । अन्य चरालाई सताउने, तर्साउने र आक्रमण गरेर विस्थापित गर्छन् ।
कागले सानातिना चराको बचेरा खाइदिन्छन् । अझ काग ओथारो बसेको बेला खान्गी बढी चाहिने हुँदा खोजी खोजी खान्छ । कागलाई बाठो चरा मानिन्छ । त्यसैले चतुर मान्छे भेटिए कागको फूल चोर्ला जस्तो छ भनेर भन्छौं चराविद् भुषालले बताए । कागको बौद्धिकता र चलाखीको कथा र प्रशंग अरु चराको भन्दा बढी नै सुनिन्छ । कागको आयु २० वर्षसम्म हुन्छ । चैत्र बैशाखमा ओथरो बस्छन् । तीन चार वटासम्म अण्डा पार्छ । जुनसुकै प्रजातिको रुखमा ओथारो बस्न सक्छ ।
‘निश्चित उचाई हुनु पर्योे,’ उनले भने्, ‘गुँड बनाउन थाल्छ ।’ कम्तीमा २०–२५ फिट उचाई पाए घुरपास घाँसपात जम्मा गरेर गुँड बनाउँछ । भालेपोथी दुबै ओथारो बस्छन् । तीनदेखि ४ सातामा बच्चा जन्माउछन् । पालैपलो हेरचाह गर्छन् । सतर्कता उस्तै अपनाउँछन् । समुन्द्र सतहको एक सय मिटरदेखि ६ हजार २५० मिटरसम्म काग पाइन्छ । हिमाली क्षेत्रमा पाइने राजा कागले गुम्बा, विहार, घरका प्वाल, टोड्का र टेमुले पत्थरको दुलोमा बच्चा जन्माउँछन् ।








प्रतिकृया दिनुहोस्