November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

उमेर नपुग्दै आमा

प्यूठान– सानै उमेरमा बिबाह गर्दा धेरै किशोरी तथा युवतीहरु आमा बनिरहेका छन् । यसले बच्चा र आमा दुबैको स्वास्थ्य जोखिममा परिरहेको छ । १५ वर्षको उमेरै विहेबारी गर्दा १६ वर्ष बच्चा जन्मिने गरेको छ । प्यूठानमा सानै उमेरमा विवाह गर्दा बच्चा जन्माउने धेरै छन् । यसबाट कयौं बच्चा र आमाको ज्यान गएको छ ।

Advertisement

जिल्लाको नौबहिनी गाउँपालिका– ८, फप्लीकी रेशमा सुनारले १५ वर्षमै बिहे गरिन् । साथीभाईको सल्लाहा अटेर गरेर भागी बिबाह गरेको उनले सुनाइन । त्यस यताका २० वर्षमा उनले निकै उतार चढाव भोग्नुपर्यो । २० वर्षमा उनको दोस्रो घरबार हो । ‘कलिलो उमेरमा रोजेको घर लेखेकै रहेनछ,’ उनले भनिन्, ‘दोस्रो बिहेपछि घरबार राम्रै चलेको छ ।’

Advertisement

पहिलो बिबाहपछि छोरा जन्मिए । चार वर्षको छोरा छाडेर आइन् । दोस्रो बिहेपछि तीन छोरी जन्मिएका छन् । जेठी छोरी १२ वर्षकी भइसकिन् । ‘आफैले रोजेको घर छाड्न मन थिएन,’ उनले भनिन्, ‘बाध्य भएर छाड्नु पर्यो ।’ परिवारको अपहेलना, तिरस्कार खेप्न नसकेपछि सम्बन्ध तोडन बाध्य भएको उनले बताइन् । ‘घरमा हेला गरेपछि पटक–पटक माइत गएर महिनांै बिताए,’ उनले भनिन्, ‘श्रीमानले पनि मादक पदार्थ सेवन गरेर दुव्र्यवहार गर्थे ।’ केही समय आफ्नो पीडा कसैलाई नसुनाएको उनले बताइन् । ‘एक्लै हुँदा कुनामा बसेर रुन्थे,’ उनले भनिन्, ‘माइतीलाई सुनाउ भागेर बिहे गरेकी थिए ।’ कक्षा ८ अध्ययन गरिरहेका बेला बिहे गरेकी रेशमा अहिले ३५ बर्ष पुगिन् ।

अहिले जीवनमा फरक आएको छ । उनी महिला स्वास्थ्य स्वयंसेविका छिन् । गाउँका अरु बालकिालाई आफ्नो उदाहरण दिएर वालबिबाह नगर्न आग्रह गरिरहेको उनले बताइन् । ‘आफूले भोगेका समस्या सुनाउँछु, दुःख बताउँछु,’ उनले भनिन्, ‘तर गाउँमा अहिले पनि बालविवाह रोकिएको छैन् ।’ उमेरै नपुग्दै बिबाह गर्दा भोग्नुपर्ने समस्या सुनाउने गरेकी छन् । गाउँका किशोरकिशोरीलाई समय समयमै घरमै पुगेर वालविवाहले निम्त्याउने दुःखका बारेमा जानकारी दिने गरेको उनले बताइन् । दुर्गममा चेतना बिकास भइनसकेको उनले सुनाइन् ।

पछिल्ला तीन वर्षको तथ्यांक अनुसार प्यूठानमा उमेर नपुगेर बिबाह गर्ने र आमा बन्नेको संख्या दूई हजार ६ सय ८२ जना छन् । यो तथ्यांक स्वास्थ्य सस्थामा आएर गर्भ जाँच गराउनेको मात्र भएको स्वास्थ्य कार्यालय प्रमुख हेमराज पाण्डेले बताए । ‘गाउँमा अहिले पनि स्वास्थ्यसेवा सहज छैन्,’ उनले भने, ‘स्वास्थ्य सस्था टाढा हुँदा कोही त चेकजाँचकै लागी आउँदैनन् ।’ अशिक्षा, अज्ञानताले दुर्गममा बालविवाह रोक्न नसकिएको उनले बताए । स्वास्थ्य सस्था आउनेको सख्याले त बिकराल अवस्था देखाउछ । धेरै त गर्भ जाच गर्न आउँदैनन् ।

जिल्लामा ९ स्थानीय तह छन् । सबैभन्दा धेरै बालविवाह नौबहिनी गाउँपालिकामा भइरहेको पाइएको छ । एक बर्षमा उक्त गाउँपालिकामा एक सय ४४ जना २० बर्ष मुनीका किशोरी सुत्केरी भएको तथ्याँक छ । गर्भवती हुने सबै स्वास्थ्य संस्था नआउने फप्ली स्वास्थ्य चौकीका इन्चार्ज प्रकाश घिमिरेले बताए । ‘गर्भधारण गरेदेखि चार पटक चेकजाँच गर्नुपर्छ,’ उनले भने, ‘कोही त एक पटक पनि चेकजाँच नगरी सुत्केरी हुने पनि छन् ।’ उमेरै नपुगी सुत्केरी हुँदा आमा र बच्चा दुबैलाई जोखिम अत्याधिक हुने उनले बताए ।