April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

चुनाव रणनीति सिकाउँदैं पूर्व एसएसपी

कपिलवस्तु– तपाइँ अवकास प्राप्त जीवन कसरी बिताउँदै हुनुहुन्छ ? कोही फुर्सदमा देशाटनमा व्यस्त हुनुहुन्छ होला । कोही सामाजिक क्रियाकलापमा संलग्नु पो हुनुहुन्छ की ? व्यापार, शिक्षा र आफ्नो दक्षता, क्षमता अनुसारका काममा लाग्नुभएको होला ।

Advertisement

कपिलवस्तुमा पूर्व एसएसपी विक्रमसिंह थापाले सेवा निवृत्त भए पनि राजनीति रोजेका छन् । नेपाली कांग्रेसबाट राजनीति गरिरहेका उनी अहिले तराईको जिल्लामा रणनीतिकारका रुपमा देखिएका छन् । यसपटक स्थानीय चुनावमा उनको सक्रियता लोभलाग्दो छ । कपिलवस्तुमा कांग्रेसको बिरासत फर्काउन दिनरात लागि परेका छन् । अहिलेको चुनाव स्वच्छ छबी, बिकास र सेवा प्रेमी भएर मात्र जित्न सम्भव छैन । त्यसैले उनी चुनाव रणनीति बनाउन क्रियाशील छन् । त्यसका लागि उनले जिल्लामा रहेका युवा र तरुण कांग्रेस कार्यकर्तालाई निर्वाचन व्यवस्थापन र सफलताका लागि अपनाउनु पर्ने रणनीति सिकाइरहेका छन् ।

Advertisement

फौजी कुसलता र अनुशासनको समिश्रणले राजनीति व्यवस्थित हुने उनको भनाई छ । दबाब र प्रभावको राजनीतिमा रणनीति नयाँ कुरा हो । छिमेकी भारतमा निर्वाचनमा रणनीतिकारको महत्तवपूर्ण भूमिका देखिन थालेको छ । पूर्व एसएसपी थापाले लोकतन्त्रको अनुभूति सबैले गर्न पाउन भनेर सचेत रहेको बताए । लोकतन्त्रलाई संस्थागत गर्न निर्वाचन हुनुअघि, निर्वाचन अवधि र निर्वाचन सम्पन्न भएपछि अपनाउनु पर्ने योजना र रणनीतिका बारेमा सचेतनामूलक अनुशिक्षण प्रदान गरिरहेका छन् ।

निर्वाचनभन्दा अगाडि के–के कुरामा सचेत हुने, निर्वाचन अवधिलाई कसरी उपयोग गर्ने र निर्वाचनपछि कस्ता सतर्कता जरुरी छन ? भन्नेबारे युवालाई सिकाइरहेका छन् । तीन वर्षअघि नेपाली कांग्रेस प्रवेश गरेका उनले अवकास जीवनमा आफूले जानेका, सिकेका सीप र क्षमतालाई लोकतन्त्र संस्थागत गर्न उपयोग गरिरहेको बताए । ‘जनताले चाहेका जनप्रतिनिधि निर्वाचन मार्फत आएनन् भने त्यसले लोकतन्त्रप्रति नकारात्मक धारणा प्रदान गर्छ,’ उनले भने्, ‘त्यही भएर लोकतन्त्रबादी सचेत र सर्तक हुनु जरुरी छ ।’

३० वर्षे प्रहरी सेवाका क्रममा २०६० सालमा प्रहरी सर्वोत्कृष्ट पूर्णशान्ति पुरस्कार पाएका थापा महाराजगंज नगरपालिकाको कजरहवाबाट काँग्रेस क्षेत्रीय प्रतिनिधि हुँदै महाधिबेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । अहिले उनी पार्टीको लुम्बिनी प्रदेश सदस्य तथा कार्यसम्पादन समिति सदस्य छन् । सेवामा हुँदा काठमाडौं, ललितपुर, बाँके, रुपन्देही र कपिलवस्तु लगायतका जिल्लामा उनी प्रहरी प्रमुख भएर उत्कृष्ट काम गरेका थिए ।