December 5, 2024, Thursday
२०८१ मंसिर २०

इस्तियाक अहमद खान : भद्र स्वभाव, स्वच्छ छवि

भैरहवा– इस्तियाक अहमद खान, भैरहवाका लागि नयाँ नाम होइन् । पछिल्ला हरेक परिवर्तनका साक्षी र सारथी उनी भद्र स्वभाव, स्वच्छ छवि तथा मिजासिलो बोलीले सबैको मन जित्न सफल छन् ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१, बेलहियाका स्थायी बासिन्दा उनी बोली–व्यवहारमा जति सहज छन्, उत्तिकै दानी पनि । जातजाति, धर्म–संस्कृतिबाट माथि उठेर उनी सबै समाज सेवा तल्लिन छन् । उनले धेरै धार्मिक तथा शैक्षिक संस्थामा सहयोग गरेका छन् । सार्वजनिक संस्था, स्वास्थ्य क्षेत्र देखि गरिबदुखी र निमुखालाई सहयोग गर्दै आएका छन् । यसैले त उनलाई धेरेले दानबीर पनि भन्ने गर्छन् ।

Advertisement

लामो समयदेखि भैरहवा क्षेत्रमा रहेर राजनीतिक गर्दै आएका खानले बीएसीसम्म अध्यन गरेका छन् । उनी सफल व्यवसायी समेत हुन् । उनले रियलस्टेट व्यवसायसँगै अन्य कृषि व्यवसाय पनि गर्दै आएका छन् । विभिन्न सामाजिक संघसंस्थामा नेतृत्व दायी भूमिका खेलका खान २०७० सालमा संविधान सभा सदस्य समेत भएका थिए ।

खानले रुपन्देहीमा मात्र दर्जन बढी सघंसंस्थालाई भवन निमार्णका लागि र भुमिहिनलाई जग्गा दान गरिसकेका छन् । उनले सविधान सभा सदस्य हुँदा समेत आफ्नो पारिश्रमीक सेवामै खर्च गरेका थिए । ‘उहाँको सोंच सवै नागरिक सम्पन्न होउन् । गौरव गर्न लायक नगर बनोस् भन्ने नै छ’, खानलाई लामो समयदेखि नजिकबाट नियाली रहेका भैरहवाको कान्दुु बैस्य सेवा समितिका अध्यक्ष श्रीराम गुुप्ताले भन्छन्, ‘एक हातले दिएको दान अर्को हातले थाहा नपाओस् भन्ने उहाँको मान्यता छ । त्यसैले कहिल्यै पनि प्रचारमा आउन चाहानुुभएन । तर निरन्तर समाजसेवामा लागिरहनुभयो ।’

गरिव होस् या धनी । सानो होस् वा ठुलो । सडकदेखि सदनसम्म एउटै ब्यबहार र सामाजिक तथा राजनीतिक यात्रामा स्वच्छ छवी खानको छ । सविधानसभा सदस्य समेत भइसकेका खानले भैरहवास्थित सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट प्रमुख (मेयर) पदमा उम्मेदवारी दिएपछि काँग्रेस कार्यकर्ता मात्र नभई स्वतन्त्र हरेक नागरिक उत्साहित भएका छन् ।

‘सविधान सभा मार्फत जनताको संविधान निमार्ण गरियो । जनतालाई अधिकार सम्पन्न बनायौं’, शुक्रबार काँग्रेस पार्टी कार्यालयमा भेटिएका खानले आफ्नो मेयर पदमा उम्मेदवारीबारे संक्षिप्त कुराकानी गर्दै भने, ‘अधिकारसँगै जनतालाई आर्थिक र नगरलाई बिकास सम्पन्न गराउन मेयर पदमा उम्मेदवारी दिएको हुुँ ।’ पद र पैसा होइन, जनताको सेवा गर्ने चाहाना आफ्नो रहेको उने बताए ।

उनले आफू सधै समाजसेवामा रहेको उल्लेख गर्दै मेयर निर्वाचित भएपछि कुनै किसिमका तलबभत्ता तथा सेवासुविधा नलिने जनाए । ‘यो प्रचार गर्नुपर्ने कुरा होइन्, तर पनि म कुनै सुविधा नलिई नगरबासीको सेवामा समर्पित हुने अठोट लिएको छु ।’ त्यसो त उनी सरकारी पदमा नहुुँदा पनि सामाजिक काममा निरन्तर लागिरहेका छन् ।

कोरोनाका बेला जोखिमको प्रभाव नगरी घर–घरमा पुुगेर गरिव र असहायलाई आफ्नै तर्फबाट राहत बितरण गरेका थिए । अन्य बेला विद्यालय, मठमन्दिर निमार्णमा उनले आर्थिक सहयोगदेखि जग्गा दान समेत गरेका छन् । ‘उहाँको सामाजिक लगाव, इमान्दारिता, मेहनत र नगर बनाउने स्पष्ट योजना देखेर नै पार्टीले जोडबल गरेर उम्मेदवार बनाएको हो’, नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति सुशील गुरुङ भन्छन्, ‘उहाँ उम्मेदवार हुँदा पार्टी पंक्रि जति खुशी छ, त्यो भन्दा बढी नगरबासी हर्षित भएको मैले पाएको छु ।’

उनले काँग्रेसबाट आफूलगायत मेयर पदको उम्मेदवारका लागि धेरै जना आकांक्षी भए पनि खानलाई अघि सार्दा सबै एकढिक्का भएको जनाए । ‘उहाँ जत्तिको समाजसेवीलाई नगरबासीले मेयर बनाउनुहुन्छ भन्नेमा हामी ढुक्क छौं’, उनले भने । गाउँ टोलमा गरीबको बिबाह, ब्रतबन्ध लगायतका काममा समेत सहयोग गर्ने गरेको गुप्ताले बताए । हालै मात्र प्रशिद्ध प्रवल जनसेवा श्री पदकबाट बिभूसित खान सिद्धार्थ उद्योग बाणिज्य संघका पूर्व उपाध्यक्ष समेत भइसकेका हुन् ।

उनी रोटरी क्लब, लायन्स क्लव तथा नेपाल–भारत मैत्री समाज तथा संघ जस्ता दर्जनौं संघसंस्थामा रहेर सामाजिक काम गर्दै आएका छन् । पब्लिक कुरासँगको संक्षिप्त कुराकानीमा खानले आफूले नगर र नगरबासीको समृद्धिका लागि काम गर्ने बताए । ‘मसँग धेरै योजना छन्, नगर जस्तो हुनुपर्ने हो त्यस्तो हुन सकेको छैन’, उनले भने, ‘शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी सिजर्नालगायतमा अझै पछाडि छ । यी क्षेत्रमा म विजयी भए पनि नभए पनि निरन्तर काम गर्छु ।’

उनले भैरहवा पर्यटकीय नगर भएकाले स्वच्छ वातावरण, सफासुग्गर सडक र हरियाली मार्ग आवश्यक भएको बताए । ‘भैरहवाको मुख्य समस्या भनेकै फोहोर र छाडा चौपाया व्यवस्थापन हो’, उनले भने, ‘यी क्षेत्रमा मैले पहिलो प्राथमिकता दिएर काम गर्छु ।’ उनले यससँगै पूर्वाधार विकासलाई पनि विशेष प्राथमिकता दिने बताए ।

हरेक जातजाति, धर्मसंस्कृति, कलाकृति, साहित्य, संघसंस्थाको विकास र उत्थानमा काम गर्ने बताए । उनले नगरलाई भ्रष्टाचारमुक्त गराएर सुशासन कायम गर्न लागि पर्ने जनाए ।