दलहरू स्थानीय निर्वाचन केन्द्रित, दल अदलबदलको होड



भैरहवा– लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी, रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादव, ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट र सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु)ले आफू आबद्ध पार्टी परित्याग गरी अर्को दल प्रवेश गरेका छन् ।
रोहिणीका अध्यक्ष यादव र ओमसतिया अध्यक्ष केवट ३ फागुनमा नेकपा एमाले प्रवेश गरेका हुन् । उनीहरूलाई एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी प्रवेश गराएका हुन् । स्वतन्त्र रुपमा चुनाव जितेका लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख चौधरी जसपामा प्रवेश गरेका छन् । तत्कालीन मधेशी जनअधिकार फोरमबाट निर्वाचन जितेका सम्मरीमाई गाउँपालिका अध्यक्ष शुक्ल माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनलाई काठमाडौँमा प्रचण्डले पार्टीमा भित्र्याएका थिए । शुक्ल यो बीचमा एमाले प्रवेश गरेर पार्टी परित्याग गरिसकेका व्यक्ति हुन् ।
यसरी जिल्लाका ४ वटा स्थानीय तहका प्रमुखले हालै दल बदलेका छन् । अघिल्लो चुनावमा रोहिणी अध्यक्ष यादव संघीय समाजवादी फोरम र केवट माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । केवटसँगै माओवादीबाट निर्वाचित ओमसतिया गाउँपालिका उपाध्यक्ष सुन्दरमतिकुमारी हरिजन पनि एमालेमा प्रवेश गरेकी छन्् ।
२८ फागुनमा रोहिणीमा आयोजित कार्यक्रममा गृहमन्त्री तथा काँग्रेस नेता बालकृष्ण खाँणले करिब पाँच सयलाई काँग्रेस प्रवेश गराए । विभिन्न दल त्यागेर काँग्रेसमा कयौँ कार्यकर्ता प्रवेश गरेका थिए । गएको शनिबार रुपन्देहीको ओमसतियामा २ सयभन्दा बढी कार्यकर्ता अन्य दलबाट माओवादीमा प्रवेश गरेका छन् ।
केही दिनअघि रुपन्देहीको सैनामैनामा पनि विभिन्न पार्टी छाडेर कार्यकर्ताहरू एमालेमा प्रवेश गरे । उनीहरूलाई राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईको उपस्थितिमा पार्टी प्रवेश गराइएको थियो । यी केही उदाहरण मात्रै हुन् । बैशाख ३० मा स्थानीय तह निर्वाचनको मिति तोकिएको छ । निर्वाचन मिति तोकिएसँगै दल बदल्ने होड नै चलेको छ ।
सबैजसो पार्टीका ठूला नेता जिल्ला केन्द्रित छन् । उनीहरुले धमाधम अन्य पार्टीका कार्यकर्ता प्रवेश गराइरहेका छन् ।
स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा रुपन्देहीमा ठुला दलका केन्द्रीय नेताहरूको ओहोरदोहोर बढेको छ । कार्यकर्ता प्रशिक्षण, पार्टी प्रवेश कार्यक्रमदेखि शिलान्यास, उद्घाटन जस्ता चुनाव लक्षित गतिविधिलाई दलहरूले तीव्रता दिएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका नेताहरू पछिल्लो समय रुपन्देहीमा आउने होड नै चलेको छ । रुपन्देही काँग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँण र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, एमालेकै नतोहरु घनश्याम भुसाल, एमाले सचिव छविलाल विश्वकर्मा र राप्रपा नेता दीपक बोहरा तथा लोसपा नेता शर्वेन्द्रनाथ शुक्लाको गृह जिल्ला हो ।
पछिल्लो साता गृहमन्त्री खाँणका अतिरिक्त काँग्रेस नेताहरू मीन विश्वकर्मा, पूर्व अर्थ राज्यमन्त्री उदयशम्शेर राणा रुपन्देही आएका थिए । गृहमन्त्री खाँण शनिबार रुपन्देहीका विभिन्न कार्यक्रममा दिनभर व्यस्त रहे । उनी फागुन २४ गते पनि रुपन्देही आएका थिए ।
दलहरूले चुनावी माहौल तयार पार्न ठाउँ ठाउँमा पार्टी सम्पर्क कार्यालय खोल्नेदेखि अर्को दलका कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने काम गरेका छन् । यस क्रममा जनप्रतिनिधिहरूदेखि सामान्य कार्यकर्ता खोसाखोसमा परेका छन् । जनमत पार्टीदेखि राप्रपा, एमाले, माओवादी, नेपाली काँग्रेसले यहाँ नयाँ कार्यकर्ता भित्र्याउन कार्यक्रम आयोजना गर्ने गरेको देखिन्छ ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले भैरहवामा आयोजना गरेको ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान सुरु गर्न काँग्रेसका नेताहरू भैरहवा आएका थिए । यो अभियान आगामी चैत २९ गतेसम्म चल्ने काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले बताए ।
पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल सोमबार भएको पार्टीको अगुवा कार्यकर्ता प्रशिक्षणका लागि रुपन्देही आएर फर्किएका छन् । उनले प्रशिक्षण कार्यक्रममा एमालेलाई हराउने कसैको ताकत नभएको जनाए । काँग्रेस केन्द्रिय सदस्य एवं पूर्व अर्थ राज्यमन्त्री उदयशम्शेर राणाले भैरहवामा आयोजित कार्यक्रममा कम्युनिस्टबाट मुलुकले धोका खाएको बताउँदै अब काँग्रेसलाई बहुमत दिनुपर्ने बताएका थिए ।
एमालेका राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराई, एमाले सचिव छविलाल विश्वकर्मा, पूर्वमन्त्री प्रदीप ज्ञवाली लगायत नेताहरू पनि रुपन्देही आएर फर्किसकेका छन् । उनीहरुले ठाउँठाउँमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराउने काम गरे ।
नेकपा माओवादी केन्द्रका नेताले पनि रुपन्देहीमा ओहोरदोहोर बढाएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चैत ३ गते रुपन्देहीमा हुने प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्न आउने माओवादीका नेता एवं प्रदेशका पूर्वमन्त्री सुदर्शन बरालले बताए ।
बुटवलमा चुनाव केन्द्रित प्रशिक्षण र जनमतको माहौल बुझ्न एमालेले प्रचार कार्यालय स्थापना गरेको छ । नेपाली काँग्रेसले वार्डहरूमा सम्पर्क कार्यालय स्थापना गरेको छ । यस्तै माओवादीले पनि केही ठाउँमा कार्यालय स्थापना गरेको छ । जिल्लामा नेकपा माओवादी केन्द्रको बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम चलिरहेको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा दल र तिनका नेता तथा कार्यकर्ताले जिल्लालाई निकै महत्व दिएका छन् ।
यस्तो छ लुम्बिनीमा अघिल्लो चुनाव परिणाम
रुपन्देही
१. बुटवल उपमहानगरपालिका–एमाले (२३२४९), कांग्रेस(२०८५१), जनमुक्ति (११५१)
२. तिलोत्तमा नगरपालिका–एमाले (२१८६८), कांग्रेस (१९०९४), माओवादी (२६५१)
३. देवदह नगरपालिका–कांग्रेस (१०२११), एमाले(१००९९), राप्रपा (६७६)
४. सैनामैना नगरपालिका–एमाले (१३०३६), कांगे्रस (१०३०५), माओवादी (२४१७)
५. सिद्धार्थनगर नगरपालिका–एमाले(६७०५), कांग्रेस(५२५०), राप्रपा (४६३७), माओवादी (३४०७)
६. लुम्बिनी सांस्कृतिक नगरपालिका–स्वतन्त्र (८१७५), संघीय समाजवादी (७०३९), मधेशी जनअधिकार(३५७५)
७. ओमसतिया गाउँपालिका–माओवादी (२४४२), संघीय समाजवादी (२३११), कांग्रेस (२०११)
८. कंचन गाउँपालिका–एमाले (६७७७), कांग्रेस (५९६७), जनमुक्ति (६६१)
९.कोटहीमाई गाउँपालिका–संघीय समाजवादी (३३११), कांग्रेस (३१८९), स्वतन्त्र (३१४४)
१०. गैडहवा गाउँपालिका–संघीय समाजवादी (५४११), कांग्रेस (३४१८), एमाले (३१४८)
११. मर्चवारी गाउँपालिका–संघीय समाजवादी (३४०५), कांग्रेस (२१६६), स्वतन्त्र (२१२२)
१२. मायादेवी गाउँपालिका–कांग्रेस(२८१६), स्वतन्त्र (२२५२), बहुजन पार्टी (२०५६)
१३. रोहिणी गाउँपालिका–संघीय समाजवादी (३७६०), राप्रपा (३५४२), कांग्रेस (२४५१)
१४. शुद्धोधन गाउँपालिका–एमाले (५३७१), कांग्रेस (५०१६), संघीय समाजवादी (२०८२), माओवादी (१३४८)
१५. सम्मरीमाई गाउँपालिका–मधेशी जन अधिकार (३०६६), कांग्रेस (२१९६), स्वतन्त्र (१९७९)
१६. सियारी गाउँपालिका–एमाले(६०५२), कांग्रेस(५४००), संघीय समाजवादी(२४९८)
प्यूठान
१. ऐरावती गाउँपालिका, कांग्रेस(२४९०), एमाले(२४७४), जनमोर्चा (२२२२)
२. गौमुखी गाउँपालिका, कांग्रेस(३७४२), जनमोर्चा (२५६४), एमाले(२३२३)
३. झिमरुक गाउँपालिका, जनमोर्चा(३६६०), माओवादी(२७८२), एमाले(२२३७)
४. नौवहिनी गाउँपालिका, कांग्रेस(५७३७), एमाले(३५७५)
५.प्यूठान नगरपालिका, माओवादी(५३१३), एमाले(४२५३), कांग्रेस(३२५८)
६.मल्लरानी गाउँपालिका, जनमोर्चा(२३२८), एमाले(१६८३), कांग्रेस(१६३१)
७. माण्डवी गाउँपालिका, एमाले(१७५३), माओवादी(१७४१), कांग्रेस(१४८५)
८. सरुमारानी गाउँपालिका, एमाले(३६७७), माओवादी(२२४१), कांग्रेस(१४८०)
९.स्वर्गद्वारी नगरपालिका, एमाले(४५९८), जनमोर्चा(३६४५), कांग्रेस(२९६६)
पाल्पा
१ तानसेन नगरपालिका, एमाले(१०४५०), कांग्रेस(८०६७), माओवादी(११३७)
२. तिनाउ गाउँपालिका, एमाले(२८१०), कांग्रेस(२७०७), माओवादी(२३८८)
३. निस्दी गाउँपालिका, एमाले(५३२०), कांग्रेस(२९२३), संघीय समाजवादी(५३)
४. पूर्वखोला गाउँपालिका, एमाले(५६३६), कांग्रेस(१७३२), स्वतन्त्र(१७३)
५. बगानसकाली नगरपालिका, कांग्रेस(५५९४), एमाले(५३४६), जनमुक्ति(१४६)
६. माथागढी गाउँपालिका, कांग्रेस(५७९९), एमाले(३८०६), स्वतन्त्र(१८३)
७. रम्भा गाउँपालिका, एमाले(४७६७), कांग्रेस(४०९८), माओवादी(३२३)
८. रामपुर नगरपालिका, कांग्रेस(८८८५), एमाले(७६७६), जनमोर्चा(११४)
९.रिब्दिकोट गाउँपालिका, एमाले(३६९३),माओवादी(२४४८), कांग्रेस(२५५६)
१० रैनादेवी छहरा गाउँपालिका, कांग्रेस(५१४६), एमाले(४९४३), माओवादी(२०३९)
गुल्मी
१. ईस्मा गाउँपालिका, एमाले(५०५५), कांग्रेस(४०००), माओवादी(५६९)
२. कालीगण्डकी गाउँपालिका, कांग्रेस(४२८९), एमाले(३७७०),राप्रपा(४१)
३. गुल्मीदरवार गाउँपालिका, कांग्रेस(५५७५), एमाले(४७५०), माओवादी(२४४)
४. चन्द्रकोट गाउँपालिका, कांग्रेस(३३४०), एमाले(३०६२), माओवादी(२२३८)
५. छत्रकोट गाउँपालिका, एमाले(५५५१), कांग्रेस(५१५४)
६. धुर्कोट गाउँपालिका, माओवादी(५११६), एमाले(४७५३ )
७. मदाने गाउँपालिका, एमाले(४४२३), कांग्रेस(२९५७), माओवादी(७२५)
८. मालिका गाउँपालिका, एमाले(४०४२), कांग्रेस(३४४७), माओवादी(२०४०)
९. मुसिकोट नगरपालिका, एमाले(६६६८), कांग्रेस(५५८७), माओवादी(७१३)
१०.रुरु गाउँपालिका, एमाले(५२२२), माओवादी(३७६३)
११. रेसुङ्गा नगरपालिका, एमाले(६४०५), कांग्रेस(६२१८), माओवादी(४४३)
१२. सत्यवती गाउँपालिका, कांग्रेस(५१९७), एमाले(५१५३)
कपिलवस्तु
१ कपिलवस्तु नगरपालिका, कांग्रेस(९२५४), स्वतन्त्र(५६३१), संघीय समाजवादी(४०५४)
२. कृष्णनगर नगरपालिका, स्वतन्त्र(७१७८), माओवादी(३०८०), राप्रपा(२४३०)
३ बाणगंगा नगरपालिका, कांग्रेस(१५७३८), एमाले(१५२७८), जनमोर्चा(४०४)
४. बुद्धभूमि नगरपालिका, कांग्रेस(१००६३), एमाले(९९२६), संघीय समाजवादी(१७८२), माओवादी(१५६३)
५. महाराजगंज नगरपालिका, कांग्रेस(७७२४), स्वतन्त्र(६७४५), राप्रपा(७४९)
६. मायादेवी गाउँपालिका, संघीय समाजवादी(४७११), कांग्रेस(३३५२), मधेशी जन अधिकार(१९५८)
७. यसोधरा गाउँपालिका, कांग्रेस(३२७५), स्वतन्त्र(३१५५), नयाँ शक्ति(२२०३)
८. विजयनगर गाउँपालिका, एमाले(३५१२), स्वतन्त्र(३२८४), स्वतन्त्र(१६०५)
९.शिवराज नगरपालिका, एमाले(६१५५), संघीय समाजवादी(४७६२), राप्रपा(२६७१)
१० शुद्धोधन गाउँपालिका, स्वतन्त्र(१८३७), स्वतन्त्र(१७६३), मधेशी जन अधिकार(१७३८)
नवलपरासी पश्चिम)
१. सुस्ता गाउँपालिका, एमाले(३५११), कांग्रेस(२९५२), माओवादी(१४१३)
२. पाल्हीनन्दन गाउँपालिका, माओवादी(४४१०), कांग्रेस(३९२४), संघीय समाजवादी(२११४)
३. प्रतापपुर गाउँपालिका, कांगे्रस(४४३६), मधेशी जनअधिकार(३७२७), एमाले(१५६३)
४. बर्दघाट नगरपालिका, एमाले(१२८१४), कांग्रेस(११७७४), माओवादी(१८५०)
५. रामग्राम नगरपालिका, कांग्रेस(५८५६), एमाले(४५३०), राप्रपा(३८४४)
६. सरावल गाउँपालिका, मधेशी जनअधिकार(५०४५), कांग्रेस(३९१६), एमाले(१८४१), माओवादी(१६३३)
७.सुनवल नगरपालिका, कांगे्रस(९७०७), एमाले(९१८२), माओवादी(३५३५)
अर्घाखाँची
१. सितंगगा नगरपालिका, कांग्रेस(८६७७), एमाले(६९९०), जनमोर्चा(१३७)
२. सन्धिर्खक नगरपालिका, कांग्रेस(८२३०), एमाले(७१२७), जनमोर्चा(५७८)
३. भूमिकास्थान नगरपालिका, माओवादी(५३२०), जनमोर्चा(४५४२), एमाले४७०१)
४. पाणिनी गाउँपालिका, कांग्रेस(५९७७), एमाले(५४८५), माओवादी(८१४)
५. छत्रदेव गाउँपालिका, कांग्रेस(६१६७), एमाले(५०६५), माओवादी(९३२)
६ मालारानी गाउँपालिका, एमाले(६५०३),माओवादी(५५०४), जनमोर्चा(५६०)
बाँके
१. कोहोलपुर नगरपालिका– एमाले(९००७), कांग्रेस (८९२४), माओवादी (६२२१)
२. खजुरा गाउँपालिका– एमाले (८०७०), कांग्रेस (४९५४), माओवादी (६८९२)
३ जानकी गाउँपालिका– एमाले (३०८३), कांग्रेस (३००९), संघीय समाजवादी (२१५८), माओवादी(१९३४)
४. डुडुवा गाउँपालिका–कांग्रेस (४६९१), संघीय समाजवादी (४१९२), एमाले(१४६६), माओवादी (९३७)
५–नरैनापुर गाउँपालिका– संघीय समाजवादी(४०८०), कांग्रेस(३३८८), एमाले(१८७२), माओवादी(५७८)
६.नेपालगंज उपमहानगरपालिका, राप्रपा(१२५१५), कांग्रेस(८७३०), माओवादी(७१९८), एमाले(६९६५)
७. बैजनाथ गाउँपालिका, एमाले (९७७२), कांग्रेस(६५७६), माओवादी (५३६३)
८. राप्ती रोनारी गाउँपालिका, कांग्रेस (८२३६), एमाले(६९००), माओवादी(६६६४)
बर्दिया
१. गुलरिया नगरपालिका, कांग्रेस (६२०७), एमाले(५७३६), माओवादी (४९०४)
२. गेरुवा गाउँपालिका, कांग्रेस (६००३), माओवादी(५१५८), एमाले(२७०९)
३. ठाकुरबाबा नगरपालिका, एमाले (७०७४), माओवादी(६९५५), कांग्रेस(४५४०)
४. बढैयाताल गाउँपालिका, एमाले (८१९८), माओवादी(६८९६), कांग्रेस(४९६१)
५. बारबर्दिया नगरपालिका, माओवादी(११०४२), एमाले(८६४५), कांगे्रस(८१९९)
६. बासगढी नगरपालिका, एमाले (८७७५), माओवादी(७८२२), कांग्रेस(६४७६)
७. मधुवन नगरपालिका, माओवादी(८४३१), एमाले(५९२३ ), कांगे्रस(५४३१)
८. राजापुर नगरपालिका, माओवादी(९५३५), कांगे्रस(८८८३), एमाले(५२३५)
दाङ
१. गढवा गाउँपालिका, एमाले(३६७७), माओवादी(३३०४), कांग्रेस(३०३१)
२. घोराही उपमहानगरपालिका, एमाले(२२०३०), कांग्रेस(१७४८४), माओवादी(१२०८२)
३. तुलसीपुर नगरपालिका, एमाले(२२८५७), कांग्रेस(१८९०३), माओवादी(८६९३)
४. दंगीशरण गाउँपालिका, एमाले(३१६१), कांग्रेस(२८४१), माओवादी(२४८५)
५.बंगालचुली गाउँपालिका, माओवादी(३३५२), कांग्रेस(२५१५), एमाले(१६३४)
६. बबई नगरपालिका, एमाले(४२७१), कांग्रेस(३९५९), माओवादी(२५४३)
७. राजापुर गाउँपालिका, कांग्रेस(२३९५),माओवादी(१८५८), एमाले(१७८१)
८. राप्ती गाउँपालिका, कांग्रेस(४७९७),माओवादी(३९४२), एमाले(३५५७)
९. लमही नगरपालिका, एमाले(५१५२), कांग्रेस(५०६९), माओवादी(४०८१)
१०. शान्तिनगर नगरपालिका, कांग्रेस(३८५२) एमाले(२९२४), माओवादी(२८३७)
रोल्पा
१. त्रिवेणी गाउँपालिका, एमाले(३३३३), माओवादी(३११२), कांग्रेस(९८४)
२. थवाङ गाउँपालिका– माओवादी(१९९०), कांग्रेस(९६५), एमाले(१२०)
३. दुईखोली गाउँपालिका, माओवादी(४६०८), कांग्रेस(१९८९), एमाले(६५९)
४. माडी गाउँपालिका, माओवादी(३१८२), कांग्रेस(२६२१)
५. रुन्टीगढी गाउँपालिका, एमाले(३४०२), कांग्रेस(३२७९), माओवादी(३१०८)
६. लुङग्री गाउँपालिका, कांग्रेस(३१२५), माओवादी(२९१०), राप्रपा(१०११), एमाले(७०९)
७. सुकिदह गाउँपालिका, माओवादी(२४१४), एमाले(२२९०), कांग्रेस(२२६१)
८. सुनछहरी गाउँपालिका, माओवादी(२५६१), कांग्रेस(११३६), एमाले(९४७)
९. सुवार्णवती गाउँपालिका, माओवादी(४१५५), कांग्रेस(३०६०), एमाले(१०१९)
१०. रोल्पा नगरपालिका, माओवादी(५६३४), कांग्रेस(३८२७), एमाले(४७८)
रुकूम पूर्व
१. पुथा उत्तरगंगा गाउँपालिका, माओवादी(२५५१), एमाले(१२३६), कांग्रेस(१११४)
२. भुमे गाउँपालिका, माओवादी(३४८२), कांग्रेस(१७१४), एमाले(४४२)
३.सिस्ने गाउँपालिका, माओवादी(३२९६), कांग्रेस(२४७१), एमाले(४६








प्रतिकृया दिनुहोस्