November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

ग्रामीण क्षेत्रमा कोरोना खोपप्रति आकर्षण बढ्दै

भैरहवा– कोभिड संक्रमणबाट बचाउन सरकारले पहिलो र दोस्रो चरणको खोप उपलब्ध गराउँदा रुपन्देहीका ग्रामीण क्षेत्रका बासिन्दामा पटक्कै उत्साह थिएन । उनीहरु खोप लगाउन खोप केन्द्रमा आउँदैनथे । उनीहरुलाई उपलब्ध गराइएको खोप बचेर फिर्ता जान्थ्यो । कि त अन्य क्षेत्रका बासिन्दा गएर लगाउँथे ।

Advertisement

अहिलेको भने अवस्था फरक छ । रुपन्देहीका ग्रामीण क्षेत्रका खोप केन्द्रमा कोभिड–१९ बिरुद्धको खोप लगाउन स्थानीयको लाइन लाग्न थालेको छ । खोप लगाउन जाने स्थानीयको भीड खोप केन्द्रमा थामिसक्नु छैन । स्थानीय बासीन्दामा जागरुकता आउन थालेको छ ।

Advertisement

‘अहिलेको अवस्था निकै फरक छ, कोभिडविरुद्धको खोपप्रति स्थानीयको आकर्षण र चेतना बढ्दै गएको छ’, रुपन्देहीको विकट क्षक्षेत्र मानिने सम्मरीमाई गाउँपालिका अन्तर्गत बेतकुइँया स्वास्थ्य चौकीका इन्चार्ज केशव ढकालले भने, ‘अहिले कोभिडको खोप भनेपछि स्थानीय ओइरिन थालेका छन् ।’ कोभिडबिरुद्धको खोपले स्वास्थ्य कमजोर गराउने, यौनशक्तिमा कमी आउने, अनेक खालका अन्य रोग आउने लगायताका अन्धविश्वासले स्थानीय बासिन्दामा जरो गाडेको थियो ।

उपलब्ध कोभिड भ्याक्सिन स्थानीयले नलगाएपछि बचेर जिल्ला स्वास्थ्य कार्यालयमा आपैmले फिर्ता पठाएको ढकालले सुनाए । उनकाअनुसार, विगतमा ग्रामीण क्षेत्रमा खोपप्रतिको आकर्षण नभएकाले भीड नहुने भएपछि भैरहवा, बुटवलदेखि गएर हजारौंले खोप लगाए । चिनेजानेका र भनसुनको आधारमा काठमाडौंका बासन्दिा समेत रुपन्देहीको ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीमा खोप लगाउन पुग्ने गरेको अनुभव उनको छ ।

कोभिडबिरुद्ध पहिलो र दोस्रो पटकको खोप उपलब्ध गराइँदा शहर–बजारमा भने खोप लगाउनेको भीड अत्यधिक थियो । खोप उपलब्ध गराइएका अस्पताल र खोप केन्द्रमा अध्याधिक भीड भएकाले सुरक्षाकर्मी नै परिचालन गर्नुपथ्र्यो । सुरक्षाकर्मीबाट समेत भीडको व्यवस्थापन हुन नसकेपछि कतिपय केन्द्रमा खोप लगाउने कार्य नै स्थगित भएको थियो । शहर बजारका बासिन्दा भनसुन र चिनेजानेका आधारमा ग्रामीण क्षेत्रका खोप केन्द्रमा धाउने गर्थे ।

रुपन्देहीको ओमसतीया, मायादेवी, सियारी, गैडहवा, शुद्धोधन, रोहिणी, कोटहीमाई, सम्मरीमाई, मर्चवारी गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाको ग्रामीण क्षेत्रका कैयन् बासिन्दा कोभिडबिरुद्ध खोप लगाउन इच्छुक थिएनन् । कतिपय ठाउँमा त सरकारले बृद्धभत्ता अन्तर्गतको रकम जोगाउन कोभिडको खोप लगाउन भनेको आरोप समेत स्थानीयले लगाउने गर्थे । खोप लगाएपछि मानिसको मृत्यु हुने भएपछि बृद्धभत्ता जोगिने भ्रम उनीहरुमा थियो । जेष्ठ नागरिकलाई उपलब्ध गराइएको खोप लगाउन जेष्ठ नागरिक नै मान्दैनथे ।

कोेभिडबिरुद्धको खोपप्रति नकारात्मक सोंच राख्नेमा ग्रामीण क्षेत्रका बासिन्दामा मात्र नभएर शहर–बजारका पढेलेखेका व्यक्तिमा पनि थियो । यही गलत सोंचका कारण खोप नलाउँदा कोभिड संक्रमणबाट स्वयं चिकित्सककै मृत्यु भएको घटना पनि रुपन्देहीमा छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाको खुदाबगर स्वास्थ्य चौकीका प्रमुख प्रमोद ज्ञवाली पनि पछिल्लो समयमा कोभिडबिरुद्धको खोपप्रति स्थानीयको उत्साह बढ्दै जान थालेको बताउँछन् । कोभिडको दोस्रो चरणको संक्रमणले धेरैको मृत्यु भएको र संक्रमणबाट बच्ने पनि स्वाश–प्रश्वासको समस्या भोगेका कारण पछिल्लो समयमा खोपप्रति स्थानीयको जागरुकता बढेको बुझाई उनको छ ।

‘पहिला खोप लगाउन भनेर जतिसुकै सम्झाउँदा पनि लगाउन मान्दैनथे’, ज्ञवालीले भने, ‘कोभिडको दोस्रो लहर जव आक्रमक ढंगबाट आयो र धेरैको मृत्यु हुन थाल्यो बल्ल खोपप्रतिको जागरुकता बढ्न थाल्यो ।’ अहिले पनि खोपका बारेमा नकारात्मक सोंच र कुरा गर्ने व्यक्ति फाट्टफुट्ट भेटिने गरेको उनले बताए । ‘सार्वजनिक निकाय तथा सरकारी कार्यालयमा कामका लागि जान, बिदेश यात्रा गर्न र विमान चढ्न लगायतका कामका लागि खोपकार्ड अनिबार्य गरिएकाले पनि खोप लगाउन भीड बढ्न थालेको हो’, ज्ञवालीले भने ।