सीताको रहस्यमय मृत्यु : १९ दिनसम्म उठेन शव


भैरहवा– आफ्नै परिवारले हत्या गरेको आशंका गरिएको रुपन्देहीको तिलोत्तमा–५, मणिग्रामकी सीता भण्डारी पौड्यालको शव अझै उठ्न सकेको छैन । २७ वर्षीय उनी भदौ १९ मा आफ्नै घरमा मृत फेला परेकी थिइन् । माइती पक्षले घरपट्टीका आफन्त मिलेर सीताको हत्या गरेको दावी गर्दै आएका छन् । पोष्टमार्टम् रिपोर्टमा भने सीताले झुण्डिएर आत्महत्या गरेको देखिएको छ ।
माइती शव उठाउन तयार छैनन् । जसले गर्दा १८ दिनदेखि बुटवलस्थित लुम्बिनी प्रदेशिक अस्पताल उनको शव राखिएको छ । सीताको मृत्यु अस्वभाविक भएको भन्दै माइती पक्षले सडक आन्दोलन समेत गरेका छन् । स्थानीय पनि प्रदर्शनमा उत्रिएका छन् । अझै प्रहरी अनुसन्धानले बास्तविकता बाहिर ल्याउन सकेको छैन ।
एक पक्षको तर्क सीताको मृत्यु आत्माहत्या भनेर पोष्टमार्टम रिपोर्ट आएकाले माइतीलाई स्वीकार्न आग्रह गरेका छन् । माइती कुनै हालतमा यो स्वीकार्न तयार छैनन् । माइती पक्षले सीताको हत्या गरेर आत्महत्या भनिएको भन्दै न्याय मागिरहेका छन् । माइतीको आवाजमा स्थानीयको साथ छ ।
केही दिन लगातार स्थानीयले प्रदर्शन गरे । सीताका लागि न्याय मागे । अहिले प्रदर्शन केही मत्थर भएको छ । अहिले अनुसन्धान केही प्रभावकारी भएजस्तो देखिएकाले प्रदर्शन कम गरिएको स्थानीय शान्ता बस्याल भटराईले जनाइन् । ‘अहिले नै शव उठाउँदा केसलाई फितलो बनाउ सक्छन्’, उनले भनिन्, ‘यही कारण हामीले शव उठाएका छैनौं ।’
४३ वर्षीय टीका पौड्यालकी पत्नी सीता आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । बिवाह भएको दुई वर्षपछि आफ्नै घरको कोठामा उनी मृत भेटिएकी हुन् । मुखबाट रगत बगेको, गला कसिएको र भुइँमा लडेको अवस्थामा सीताको शव भेटिएको थियो । यसपछि सीताका माइती र छिमेकीहरुले दिनहुँजसो प्रदर्शन गरेका थिए । स्थानीयको प्रदर्शन पछि प्रहरीले किटानी जाहरी लिएको थियो । झुण्डिएको मान्छेको रगत देखिनु, भूइँमा लडाएको अवस्थामा शव भेटिनु जस्ता कारण हत्या गरेको माइती पक्षको आरोप छ ।

माइतीले श्रीमानसहित घरका अन्य सदस्य मिलेर सीताको हत्या गरेको आरोप लगाउँदै आएका छन् । माइती पक्ष र स्थानीहरुले इलाका प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, नगरपालिका हुँदै सडकमा प्रदर्शनसम्म गरेका थिए । पोष्टमार्टम् र अन्य विधीको लागि पनि अझै शव चाहिन सक्ने भएकाले नउठाएको माइती पक्षको भनाई छ । सोही घटनालाई लिएर नगरपालिकामा जाँदा प्रहरीले हस्तक्षेप गर्दा स्थानीय आयुका कँडेलको हातमा चोट लागेको थियो । अन्य तीन जना प्रहरी पनि सामान्य घाइते भएका थिए । त्यसपछि स्थानीय झनै आक्रोशित भएका थिए ।
यो घटनामा रुपन्देही प्रहरीसँगै नेपाल प्रहरी राष्ट्रिय अनुसन्धान ब्यूरो (सीआईबी) टोलीले पनि अनुसन्धान सुरु गरेको छ । रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले सीआईबी टोलीले एकदुई दिन रुपन्देही नै बसेर अनुसन्धान गर्ने बताए । ‘हामीले पनि अनुसन्धान गरिरहेका छौं’, उनले भने, ‘सीआईबीको टोली पनि अनुसन्धान शुरु गरेको छ । केही दिनमै सत्यतथ्य बाहिर आउला ।’
प्रहरीले आमात्हया दुरुसान मुद्दामा मृतकका श्रीमान् टीका पौड्याललाई सुरुमा नै पक्राउ गरेको थियो । त्यसपछि तिलोत्तमा–५ का वडा सदस्यसमेत रहेका मृतकका जेठाजु हरि पौड्याल र दिदी (मृतककी आमाजू) विष्णुलाई पनि पक्राउ गरेको छ । तीनै जनालाई आमात्हया दूरुसाहन मुद्दामा अनुसन्धान भइरहेको रुपन्देही प्रहरी बताउँछ ।
भदौ १९ गते सीताको रहस्यम मृत्यपछि सुरुमा प्रहरीले किटानी जाहेरी लिन मानेको थिएन । पछि प्रदर्शन भएपछि बल्ल लिएको थियो । प्रहरीले १० दिन पछि मात्र किटानी जाहेरी लिएको थियो । रमहस्यम मृत्य प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ । अहिले प्रहरीले भिसेरा रिपोर्टका लागि केन्द्रीय विधी विज्ञान प्रयोग शालामा पठाएको थियो । तर रिर्पोट आझैसम्म आएको छैन् ।

भिसोरा रिर्पोट आउन कम्तिमा १ महिना लाग्ने प्रहरी बताउँछ । आफन्तहरुले माग गरे जस्तै रि–पोष्टमार्टम् नगरे पनि भिसेरा रिर्पोट आएप्छि मृत्युलाई आत्माहत्या र हत्या छुट्याउन सहज हुने जनाइएको छ ।
प्रतिकृया दिनुहोस्