March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

कला-क्षमता प्रस्तुत गर्नबाट बञ्चित बालबालिका (भिडियो रिपोर्ट)

भैरहवा – कानुनको विवादमा परेका बालबालिकामा हौसला र प्रेरणा भर्ने साथै उमेर समूह अनुसार प्रविधिमैत्री, मनोरञ्जन दिने खालका कार्यक्रमहरु गर्नुपर्ने हो । तर, भैरहवामा रहेको बाल सुधार गृहमा रहेका बालकहरु कोठाभित्रै थुनिएर बस्नुपर्ने बाध्यता छ ।

सुधार गृहमा औपचारिक शिक्षा, व्यावसायिक तालिम, स्वास्थ्य, मनोविमर्श, सामाजिक सेवालगायतको व्यवस्था हुनुपर्छ । त्यो यहाँ छैन ।तीन वर्षअघि रुपन्देहीको भैरहवामा सरकारी स्तरको बाल सुधार गृह सञ्चालनमा आएको थियो । त्यसपछि विभिन्न जिल्लाहरुबाट कानुनको विवादमा परेका बाल बिज्याइलाई सुधारका लागि राख्न शुरु गरिएको थियो । तर गृहमा बालबालिकाका नैसर्गिक अधिकारलाई समेत व्यवास्था गरिएको छ ।

यसले व्यवहार, संस्कारका साथै सफल व्याक्तित्व विकासमा असर गरेको छ । १६ जनाले स्वअध्ययन गरे पनि अरुले पढ्न पाएका छैनन् । ११ देखि १८ वर्ष उमेर समूहका चार विदेशीसहित एक सय आठ जना बालक सुधार गृहमा छन् । अधिकांश चोरी, जवरजस्ती करणी, लागु औषध दुर्व्यसनी लगायतका मुद्दाका छन् । सरकारले आवश्यक बजेट नदिँदा सुधार गृहको अवस्था भने भद्रगोल छ ।

Advertisement