April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

लुम्बिनीमा दैनिक पुजा गर्दै भिक्षु

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनी सुनसान छ । तर, लुम्बिनीमा बस्ने ३१ वर्षे भिक्षु फ्रा मोन्त्री सिङकाङले निषेधाज्ञाको समय शान्ति, करुणा र सद्भावको ऊर्जा संचयका लागि सदुपयोग गरेका छन् । निषेधाज्ञामै बुद्ध जन्मस्थल गजबले स्याहार गरिरहेका छन् ।

Advertisement

कोरोना भाइरस महामारीको जोखिमका कारण यहा“का भिक्षु–भिक्षुणी, लामागुरु, गुरुमा र अनागरिका विहार, मोनाष्ट्री, टेम्पल, चैत्य र स्तुपाभित्र छन् । बाहिर निस्कँदैनन् । तर लुम्बिनीस्थित रोयल थाई मोनाष्ट्रीका भिक्षु सिङकाङ भने पूजाआजाका लागि दैनिक बिहान साँझ निस्कन्छन् ।

Advertisement

उनी भिक्षुले लगाउने चिबर (पहेंलो वस्त्र) सँगै मास्क, फेससिल्ड र ग्लोब्स लगाएर निस्कन्छन् । सुरक्षामा उत्तिकै ध्यान दिन्छन् । अनी निस्कन्छन् । उनी शान्ति द्विप नजिकको बेबी बुद्ध, मायादेबी मन्दिर र विश्व शान्ति स्तुपा पुग्छन् । परित्रान पाठ, ध्यान र पूजाआजा गर्छन् । दुईचार दिनमा बेबी बुद्धको प्रतिमा धोइपखाली चिरिच्याट्ट बनाउँछन् ।

‘संक्रमण जोखिमले बाहिर निस्कन सक्ने अवस्था छैन्’, उनले भने, ‘तर, बुद्ध जन्मस्थलमै उहाँको पूजाआजा नहुनु राम्रो हैन् । मलाई चित्त बुझेन् । त्यही भएर म सुरक्षित भएर मोनाष्ट्रीबाट निस्केर पुजाआजा गरि फर्कने गरेको छु ।’ एक्लै बसेर पुआजाजा गर्न पाउँदा उनको खुसीको सीमा छैन् । ‘निक्कै आनन्दित हुन्छु । गौरवान्वित हुन्छ । संसार आफनै मुठ्ठीमा भएको अनूभूति गर्छु’, उनले भने, ‘यसले धार्मिक पुण्य संचय गरेको छु । उत्तिकै शान्ति र सद्भावको ऊर्जा प्राप्त गरेको छु ।’

कठिन समयमा पनि बुद्धको पाउ पर्न पाएकामा भाग्यमानी सम्झिएको उनी बताउँछन् । सानैदेखिको शान्तिप्रेमले उनलाई बुद्धजन्मस्थल लुम्बिनीसम्म डोर्याएको थियो । कठिन समयमा भगवान बुद्धको पुआआजा गर्न पाउँदा उनले भाग्यमानी सम्झेका छन् । यस्तो कामले आफू यहाँ शान्ति, सद्भाव र भातृत्वका लागि झन् खारिँदै गएको उनले बताए ।

उनी साँझ विहान आफनै मोनाष्ट्रीमा पनि बुद्ध पजा गर्छन् । सरसफाई, हरियाली र मनोरम वातावरणमा खटिँदै काम गर्छन् । ‘मोनाष्ट्री पुग्नासाथ करुणा, मुदिता र उवेखाको दिब्य चक्षु पलाउने वातावरण बनाउने काममा व्यस्त छु’, उनले भने, ‘आफुमा आत्मसन्तुष्टि र ज्ञान बढीरहेको छ ।’ गत बैशाख पहिलो साताबाट मोनाष्ट्री पुरै बन्द छ । आवतजावत छैन् । भित्र ३/४ जना भिक्षु मात्र छन् ।

‘भौतिक दुरी कायम गरी मास्क, ग्लोब्स लगाएर विहान र साँझ नित्य पुजा गर्छौं । परित्रान पाठ र बुद्ध देशना गर्छौं’, उनले भने । त्यसबाहेक उनी मन्दिर परिसरमा घाँसपात गोडमेल गर्छन् । मेसिनले सरसफाई गरेर आकर्षक बनाउँछन् । आँगनमा माटोसहितको दुबोका चाक्ला राखेर चिरिच्याट्ट गरेका छन् । विरुवा रोप्ने, गोडमेल र सिंचाई गर्ने काम पनि गर्छन् ।

विहार भित्रको बगैंचा पनि सुन्दर बनाएका छन् । उनी साँझ विहान ६ घण्टा बढी काममै व्यस्त हुन्छन् । विहारभित्रको बगैंचा पनि सुन्दर बनाएका छन् । फूलबिरुवा रोप्छन् । सिंचिन्छन् । एकपटक त्यहाँ पुग्ने जोकोही उनको ‘गार्डेनिङ’ देखेर आनन्दित बन्छन् । ५ जनाको परिवारमध्ये उनी मात्र भिक्षु हुन् ।

आमाको महापरिवनिर्वाण भयो । बा र दुई दाजुभाइ थाइल्याण्डमै बस्छन् । शान्तिकामी सबैका लागि प्रेरणा–स्रोत बुद्ध जन्मस्थल लुम्बिनी आएर स्वयंसेवी बन्न पाउँदा कम्ता खुसी छैनन् । थाइल्याण्डको बैंकक नजिकको माइकसेमका उनी ‘शान्तिका निम्ति थोरै भए पनि योगदान गर्न सक्छु’ भन्ने लागेर बुद्धका अनुयायी बने ।

‘नागरि कलाई राज्यले सेवासुविधा दिनुभन्दा सुरक्षाका लागि बजेट खर्चने होड चल्दो छ’, उनी भन्छन्, ‘यो युवापुस्ताका लागि राम्रो होइन् । त्यही भएर युवा जोश, उत्साह र शान्तिकै लागि व्यतीत गर्छु भनेर भिक्षु बनी सेवा गर्न नेपाल आएको हुँ ।’