May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

म्यानमारमा थप ६ महिना संकटकाल

म्यानमार सरकारले संकटकाल ६ महिना थप गरेको छ । म्यानमारको राष्ट्रिय रक्षा र सुरक्षा परिषद्ले दक्षिणपूर्वी एसियाली देशमा आपत्कालीन अवस्थालाई ६ महिना थप गरेको हो ।

Advertisement

कार्यवाहक राष्ट्रपति यु मिन्ट स्वेले एनडीएससीको बैठकमा आपत्कालीन अवस्था ६ महिना लम्ब्याइएको घोषणा गरे । देशको असामान्य परिस्थितिका कारण राज्यको संविधानको धारा ४२५ बमोजिम म्याद थप गरिएको बताइएको छ ।

Advertisement

बैठकमा टेलिकम ठगी नियन्त्रण, देशको विकास र शिक्षा क्षेत्रको प्रवद्र्धन, निर्वाचनको तयारी र राष्ट्रिय जनगणनाको तयारीका विषयमा पनि छलफल गरिएको बताइएको छ ।

म्यानमार सरकारले फेब्रुअरी २०२१ मा एक वर्षका निम्ति संकटकाल घोषणा गरेको थियो । त्यसपछि यसलाई यसै वर्ष जनवरी ३१ सम्म चारपटक गरेर बढाएको थियो ।