May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

‘सिंचाईको ब्यवस्था नै हाम्रो लक्ष्य हो’

रुपन्देहीका स्थानीय तहले शिक्षा, स्वास्थ्य, रोजगार, सिंचाई र पूर्वाधार बिकासलाई प्राथमिकता दिएका छन् । पालिका प्रमुख र उपप्रमुखले चुनावी वाचा पूरा गर्नुका साथै स्थानीय बासिन्दाका तत्कालका आवश्यकता पूरा गर्नतर्फ ध्यान रहेको बताएका छन् । उनीहरुले पालिकालाई वातावरणमैत्री बनाउँदै समृद्ध तुल्याउनेतर्फ जोड दिएको बताएका छन् । पब्लिक कुराले रुपन्देहीका स्थानीय तहका प्रमुख–उपप्रमुखसित श्रृंखलाबद्ध उनीहरुका बिकास योजना र काम कारबाहीका बारेमा कुराकानी गर्न थालेको छ । प्रस्तुत छ कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीको बिचार:-

कोटहीमाई गाउँपालिका रूपन्देही जिल्लाको कम विकसित गाउँपालिकाहरू मध्ये एक हो । यसको भू–बनोट समथर एकै खालको छ । कृषिको सम्भावना भए तापनि १२ महिना प्रशस्त पानीको श्रोत नभइ केही क्षेत्र आकाशे पानीको भर र केही क्षेत्रमा समय अनुसार नहरबाट सिंचाई गर्ने अवस्था छ । आज भोलि घरघडेरी, मोटरबाटो निर्माण, कृषिमा मानिसको कम प्राथमिकता आदि कारणले उत्पादन दिन प्रतिदिन घट्दै जानुका साथसाथै वातावरणमा प्रतिकूल असर समेत परेको छ । यस कोटहीमाई गाउँपालिका पूर्ण रुपले कृषिमै आधारित रहेको हुँदा कृषि क्षेत्रलाई नै प्रबद्र्धन गर्नका लागि विभिन्न अकार्षक योजनाहरु लागू गरेका छौं । कृषि उपजलाई बृद्धि गर्न सिँचाईको सबैभन्दा बढी महत्व रहेको हुँदा गाउँपालिका भरीमा निःशुल्क सिंचाईको प्रबन्ध मिलाउन कृषि क्षेत्रमा विद्युतीकरण गर्न मेरो प्रमुख योजना छ ।

७ वटै वडामा नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरी दुबै निकायको करिब १७ करोडको लागतमा उक्त योजना सम्पन्न हुनेछ । कृषकलाई सिँचाई प्रयोजनको लागि निःशुल्क विद्युत उपलब्ध गराइने छ । जसले गर्दा कृषि उत्पादनमा निकै बृद्धि गर्ने लक्ष्य राखिएको छ । यस योजनाबाट करिब ४३ सय हेक्टर सिंचाई हुनेछ । यसबाट करिब ५० हजार भन्दाबढी जनसंख्या लभान्वित हुनेछन् ।

Advertisement