May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

ममाथि षड्यन्त्र गर्ने सबैको नाम छिट्टै सार्वजनिक गर्छुः सन्दीप लामिछाने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफूमाथि ‘षड्यन्त्र’ भएको बताउँदै षड्यन्त्र गर्ने सबैको नाम छिट्टै सार्वजनिक गर्ने बताएका छन्।

Advertisement

बलात्कार मुद्दामा जिल्ला अदालत, काठमाडौंबाट दोषी ठहर भएका उनले बुधबार राति सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन्।

Advertisement

हिजै नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो पटक खेल्न लागेको टी- २० विश्वकपका लागि १५ सदस्यीय स्क्वाड घोषणा गरे गरेको छ। क्यानले उक्त घोषणा गरेलगत्तै सन्दीपले सामाजिक सञ्जालमा पोस्ट गरेका हुन्।

पहिलो पोस्टमा हाँसेको इमोजी मात्र सेयर गरेका उनले लामो समयदेखि आफूले पोस्ट नगरेको सबै भगवानको भरमा छाडेको लेखेका थिए। यस्तै, तेस्रोमा उनले आफूमाथि षड्यन्त्र भएको बताउँदै छिट्टै सबैको नाम सार्वजनिक गर्ने बताएका छन्।

‘म सम्बन्धित अदालतको कानुन र आदेशको सम्मान गर्दछु तर म यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने सबैलाई प्रतिज्ञा गर्दछु जो यस मुद्दामा संलग्न छन्, ‘ उनी लेख्छन्।

जिल्लाको फैसलामाथि उनले गरेको पुनरावेदन उच्च अदालतमा विचाराधीन छ।