May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

‘पूर्वाधार निर्माणमा जोड दिएका छौं’

रुपन्देहीका स्थानीय तहले शिक्षा, स्वास्थ्य, रोजगार, सिंचाई र पूर्वाधार बिकासलाई प्राथमिकता दिएका छन् । पालिका प्रमुख र उपप्रमुखले चुनावी वाचा पूरा गर्नुका साथै स्थानीय बासिन्दाका तत्कालका आवश्यकता पूरा गर्नतर्फ ध्यान रहेको बताएका छन् । उनीहरुले पालिकालाई वातावरणमैत्री बनाउँदै समृद्ध तुल्याउनेतर्फ जोड दिएको बताएका छन् । पब्लिक कुराले रुपन्देहीका स्थानीय तहका प्रमुख–उपप्रमुखसित श्रृंखलाबद्ध उनीहरुका बिकास योजना र काम कारबाहीका बारेमा कुराकानी गर्न थालेको छ । प्रस्तुत छ मायादेवी गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीको बिचार :-

स्थानीय जनतालाई प्रदान गर्ने सेवा प्रवाह, सुशासन, सुरक्षा, संरक्षण र नियमन लगायतका कार्यहरु संविधानतः स्थानीय तहमा अधिकार प्राप्त भएको सन्दर्भमा हामीले हाम्रा जिम्मेवारीलाई गंभीर रुपमा बोध गरेका छौं । गाउँपालिकाले निर्माणका निम्ति स्थानीय समुदायको जिविकोपार्जनको आधार निर्माण गर्ने कार्य पनि एउटा महत्वपूर्ण दायित्वका रुपमा हामीले लिएका छौं । पूर्वाधारको विकास, आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन, वन, वातावरण तथा सरसफाई, कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, सुशासन, गाउँपालिकाबासीको जीवीकोपार्जन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखि गाँउपालिकालाई समृद्धितर्फ अग्रसर गराउँदै आएका छौं ।

शिक्षा, स्वास्थ्य, कृषि, पशु, भौतिक पूर्वाधार सबै क्षेत्रमा राम्रो काम गरिएको छ । शिक्षा क्षेत्रमा पूर्वाधारको विकाससँगसँगै पुस्तकालय, साइन्स ल्याब, खानेपानी, कोभिडको लागि सेनिटाइज, मास्क लगायत सबै कुरा सम्पूर्ण विद्यालयमा पुर्याइएको छ । साँघुरो सडकलाई फराकिलो गरी कालेपत्रे र ढलान गरिएको छ । सडक निर्माणसम्बन्धी छुट्टै मापदण्ड बनाइएको छ । मायादेवी गाउँपालिकालाई पूर्ण खोप घोषणा गरि पालिकाका कुनै बच्चा अपाङ्ग नजन्मोस् भनी गर्भवती महिलालाई पौष्टिक आहारको ब्यवस्था, नियमित चेकजाँच व्यवस्था हुँदै छ ।

Advertisement