June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

क्लब डेनभोमा खुल्यो ‘आर्टिसन कफी हाउस’

Advertisement

भैरहवा– रुपन्देहीको व्यापारिक केन्द्र र औद्योगिक सहर बुटवलमा रहेको क्लब डेनभो होटलमा आर्टिसन कफी हाउस सञ्चालनमा आएको छ । डेनभोले होटलको अग्रभागमा कफी हाउस सञ्चालनमा ल्याएको हो । बिदेशी वास्तुकलाको उपयोग गरेर निर्माण गरिएको आर्टिसन कफी हाउस आकर्षक छ । कफी हाउसमा ‘बुना तितु’ कफी उपलब्ध छ । यसको अर्थ ‘सँगै बसेर कफी पिउ’ भन्ने हो ।

Advertisement

होटलको बारको रसियन नाम ‘रुम्का’ राखिएको छ । यसको अर्थ सानो गिलासमा मदिराको चुस्की लिनु हुन्छ । होटलको अग्रभागमा कफी हाउस राख्नुको अर्थ बुटवलमा फैलिएको कफी कल्चरलाई जोड दिनु रहेको सञ्चालकले बताए । यहाँ गुल्मी र स्याङ्जामा उत्पादन भएको कफीलाई प्रथामिकता दिइएको छ ।

‘किसानसित समन्वय गरेर कफी उत्पादन गर्ने सोच छ,’ सञ्चालक प्रवीणबहादुर पाठकले भने, ‘आर्टिसन कफी हाउसमा बिदेशी स्वादका कफी पनि उपलब्ध छन् ।’ यहाँ लाली गुराँसको चिया पनि बेच्न लागिएको उनले बताए । अहिले होटलमा ८० जना कामदार छन् । ती सबैं स्थानीय हुन् ।

कफी हाउस लगत्तैं माघ १ गतेबाट रेष्टुरेन्ट सञ्चालनको तयारी भइरहेको पाठकले बताए । डेनोभोको अर्थ नयाँ सुरुवात भएकाले केही न केही परिवर्तन गरिरहेको उनले बताए । ‘यो मेरो धैर्यसित सम्बन्धित छ,’ उनले भने, ‘काठलाई कुदेर आकर्षक रेष्टुरेन्ट निर्माण गर्न चार वर्ष लाग्यो ।’ नेपाली नयाँ वर्षमा क्लब डेनोभोको १७ औं वार्षिकोत्सव मनाउने तयारी छ । त्यसैले अहिले १२ वटा उच्चस्तरीय सुविधा सहितका कोठा निर्माण भइरहेका छन् । अहिले रहेका कोठालाई पनि ‘अपग्रेड’ गरिएको उनले बताए ।

१७ वर्षअघि डेनभो हेल्थ क्लबका रुपमा सुरु भएको थियो । क्लब सञ्चालनमा ल्याएको डेढ वर्षपछि ४० वटा कोठा थप गरिएको थियो । होटलमा रेष्टुरेन्ट, स्विमिङ पुल, सेमिनार हल, आकर्षण वास्तुकलाका साथैं रैथाने संस्कृति झल्किने बगैंचा छ । ‘तर, आतित्यथाको क्षेत्रमा सधैं एउटैं शैली र निर्माणले मात्र काम गर्दो रहेनछ,’ उनले भने, ‘निश्चित अवधिपछि केही न केही परिवर्तन जरुरी रहेछ, त्यसैले हामीले पनि १७ वर्षपछि क्लब डेनोभोलाई पुनर्जीवन प्रदान गरेका छौं ।’