July 5, 2026, Sunday
२०८३ असार २१ आईतवार

लिपमोटर ‘बी १०’ टप भेरियन्टको मूल्य ५ लाख घट्यो, अब बुटवलमै पाइन्छ ५४ लाख ९९ हजारमा

Advertisement

बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिकास्थित कालिका चोकमा अवस्थित लिपमोटर गाडीहरूको आधिकारिक विक्रेता अर्बन मोटर्स प्रालिले लिपमोटर ‘बी १०’ टप भेरियन्ट कारको परिमार्जित मूल्य आधिकारिक रूपमा घोषणा गरेको छ । नेपालको नयाँ कर संरचना लागू भएसँगै यस गाडीको मूल्य २०२६ मोडलका लागि साविकको मूल्यमा ५ लाख रुपैयाँ घटाएको हो ।

Advertisement

उक्त कारको साविकको मूल्य ६० लाख थियो । नयाँ कर संरचनासँगै मूल्य घटाएर ५४ लाख ९९ लाख कायम गरिएको छ । अर्बन मोटर्सका संचालक सिम्स थापाले जानकारी दिए । प्रालिले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै अब बुटवलमा लिपमोटरका ‘बी १०’ टप भेरियन्टका कारहरु ५४ लाख ९९ हजारमै पाइने जनाएको छ ।

‘लिपमोटर ‘बी १०’ धेरै सुविधाहरूले भरिपूर्ण इलेक्ट्रिक एसयूभी कार हो । जसलाई चालकका अत्यावश्यक अपेक्षाहरू पूरा गर्न र सोभन्दा पनि उत्कृष्ट अनुभव प्रदान गर्न विशेष रूपमा तयार गरिएको छ’, थापाले भने, ‘सुरक्षाका लागि यसमा युरो एनक्याप ५–स्टार सेफ्टी रेटिङ, लेबल २ एडीएएस र स्ट्यान्डर्ड स्पेयर टायर उपलब्ध छ ।’

बी १० मा ६७.१ किलोवाट आवर क्षमताको ब्याट्री जडित छ । जसले ६०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्दछ भने १८० मिमीको ग्राउन्ड क्लियरेन्सले नेपालका विभिन्न सडकहरूमा ढुक्कसँग हाँक्ने आत्मविश्वास प्रदान गर्ने नेपालका लागि लिपमोटर गाडीहरूको आधिकारिक वितरक सांग्रिला मोटर्सले जनाएको छ ।

अर्बनका संचालक थापाले रुपन्देही र आसपासमा लिपमोटरको बजार राम्रो भएको, ग्राहकको रोजाईमा पर्ने गरेको र अब मूल्य घटेसँगै धेरैले कार खरिद गर्ने विश्वास व्यक्त गरे । ‘एकैपटक पाँच लाख मूल्य घटाउने कुरा चानचुने होइन’, उनले भने, ‘अब हरेकको मनमनमा लिपमोटर पर्छ भन्ने विश्वास छ ।’

यो गाडीको प्रिमियम क्याबिनभित्र हिटेड र भेन्टिलेटेड सिटहरू, प्यानोरामिक सनरुफ र एन्ड्रोइड अटो तथा एप्पल कारप्ले कनेक्टिभिटी जस्ता सुविधाहरू छन् । ‘जसले गाडी चढ्ने व्यक्तिलाई कुनै पनि आवश्यकतामा सम्झौता नगरी वास्तवमै एउटा सुलभ र उत्कृष्ट श्रेणीको गाडी प्राप्त भएको महसुस गराउँदछ’, थापाले भने ।

लिपमोटर स्टेलान्टिसद्वारा समर्थित विश्वप्रसिद्ध ईभी ब्रान्ड हो, जसको मातहतमा मसेराटी, जिप, प्युजो लगायत १४ वटा अग्रणी अटोमोबाइल ब्रान्डहरू छन् । यस्तो बृहत् योजना अघि सार्न सक्नु लिपमोटरको चीनको नम्बर १ ईभी स्टार्ट–अपको रूपमा बलियो बजार हिस्सा रहनु नै रहेको कम्पनीले विज्ञप्ती मार्फत् जनाएको छ ।

ब्रान्डको यो सफलता यसको १५ लाख भन्दा बढीको कुल विश्वव्यापी बिक्री र गत जुन महिनामा मात्रै डेलिभरी भएका ९३,३७६ युनिट गाडीहरूले प्रमाणित गर्ने कम्पनीले बताएको छ । विश्वका ४० भन्दा बढी देशहरूमा फैलिएको १ हजार ७ भन्दा बढी सेल्स तथा सर्भिसको बृहत् नेटवर्कका कारण लिपमोटर रोज्नु भनेकै यात्रामा सधैँ ढुक्क हुनु भएको थापाले जनाए ।