May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

‘दिमाग खराब’को ‘झम्के झमाझम’ सार्वजनिक

कात्तिक २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दिमाग खराब’को दोस्रो गीत सार्वजनिक भएको छ । निर्माण पक्षले आज ‘झम्के झमाझम’ बोलको गीत सार्वजनिक गरेको हो । 

बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा सुमित खड्का र नम्रता काफ्लेको स्वर छ । प्रेमिल गीतमा निश्चल बस्नेत, स्वस्तिमा खड्का, दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, सुपुष्पा भट्टलगायत कलाकार फिचर्ड छन् । 

सिनेमा आर्टस र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त निर्माण रहेको सिनेमा आकाश बरालले लेखेका हुन् । निश्चल बस्नेतको निर्देशनमा निर्माण भएको चलचित्र ‘दिमाग खराब’मा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडालगायत कलाकारको अभिनय छ ।

Advertisement