पालिकाहरूद्वारा अतिक्रमित जग्गा खाली गर्न धमाधम सूचना
भैरहवा– रुपन्देहीका स्थानीय तहले आफ्नो क्षेत्रभित्र अतिक्रमित जग्गा खाली गर्न धमाधम सूचना जारी गरिरहेका छन् । बुटवल उपमहानगरपालिकाले सडकपेटी र उच्च अदालतको जग्गामा गरिएको अतिक्रमण हटाएको थियो । उपमहानगरले सडक पेटी ओगटेर भइरहेको व्यापार र सडक दायाँबायाँ गरिएको अतिक्रमण हटाएको...





