July 1, 2026, Wednesday
२०८३ असार १७ बुधबार

नवनिर्वाचित रास्वपाका केन्द्रीय सदस्यहरूले लिए शपथ

Advertisement

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नव निर्वाचित केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार केन्द्रीय कार्यालय घण्टी घरमा सभापति रवि लामिछानेले केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

Advertisement

असार(७–१२) सम्म चितवनमा भएको प्रथम राष्ट्रिय महाधिवेशनबाट एक सभापति र ९९ सय जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए । रास्वपाको विधान अनुसार १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । तीमध्ये १०० जना निर्वाचित र ५१ जना सभापतिबाट मनोनीत गर्ने विधानमा व्यवस्था छ ।

यी बाहेक सात प्रदेशका सभापति पदेन सदस्य रहने व्यवस्था छ । महाधिवेशनबाट खुला ३२, समावेशी ३२ र सात प्रदेशबाट पाँच/पाँच जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए । यसैगरी निर्वाचित दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्रीलाई रविले शपथ गराएका छन् ।

रास्वपामा १९ जना पदाधिकारी रहने व्यवस्था छ । त्यसमध्ये वरिष्ठ नेता, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष मनोनीत हुन बाँकी छ ।