June 30, 2026, Tuesday
२०८३ असार १६ मंगलवार

बुधबार लुम्बिनी प्रदेश सभाको बैठक बस्ने

Advertisement

दाङ– लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत एघारौं बैठक भोलि बुधबार दिउँसो १ः०० बजे बस्ने भएको छ । सभामुख तुलाराम घर्तीमगरको निर्देशनअनुसार तय भएको बैठकमा राजश्व तथा व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलदेखि विधेयकसम्बन्धी कार्यसूचीसम्म छन् ।

Advertisement

बैठकमा प्रदेश सभा सदस्यहरूले आगामी आर्थिक वर्षको ‘राजश्व र व्ययको वार्षिक अनुमान’माथि सैद्धान्तिक छलफलमा भाग लिने कार्यक्रम छ । छलफलका क्रममा उठ्ने प्रश्नहरूको जवाफ लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

त्यसैगरी मन्त्री कार्कीले ‘विनियोजन विधेयक’ प्रदेश सभामा औपचारिक रूपमा पेश गर्ने कार्यसूची पनि तय भएको छ । बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्परा सम्बन्धी विधेयक’ समितिमा पठाउने प्रस्ताव पेश गर्ने समेत कार्यसूचीमा छ ।