May 29, 2026, Friday
२०८३ जेष्ठ १५ शुक्रबार

बजेटः आगामी आर्थिक वर्षभित्र सिद्धबाबा सुरुङमार्ग सञ्चालन गरिने

भैरहवा– सरकारले आगामी आर्थिक वर्षभित्र सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा सुरुङमार्गको निर्माण सम्पन्न गर्ने जनाएको छ । संघीय संसदमा शुक्रबार आगामी आव २०८३–०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षभित्र वर्षभित्र सिद्धबाबा सुरुङमार्ग सम्पन्न गरिने बताएका हुन् ।

साथै बुटवल–पोखरा अन्तर्गत सिद्धार्थ राजमार्गलाई द्रुत मार्गको रुपमा विकास गर्ने जनाएको छ । यो खण्ड सांगुरो हुँदा यात्रुले सास्ती पाउँदै आएका छन् । सुरुङमार्गको काम भने तीव्र गतिमा भइरहेको चाइनिज कम्पनीले हात निर्माणको काम गरिरहेको छ ।

Advertisement