उज्यालो नेपाल र हाम्रो पार्टी नेपालबीच एकता


उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन भएको छ । समान अठोट बोकेका शक्तिहरूको सहकार्यमार्फत राष्ट्रसेवाको साझा लक्ष्य हासिल गर्ने भन्दै दुई दलले पार्टी समायोजन गरेका हुन् ।
पार्टी समायोजन सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका छन् ।
सहमति पत्रमा सात बुँदे सहमति पनि उल्लेख छ । दुवै पक्षबीच पूर्ण एकता कामय गरी नेता तथा कार्यकर्ता व्यवस्थापन प्रक्रिया छिटोभन्दा छिटो अघि बढाइने सहमति दुवै पक्षबीच भएको छ ।








प्रतिकृया दिनुहोस्