June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

सडक पूर्वाधार विकासलाई राम्रो बनाउन राप्रपाले जित्न जरुरी छः बोहरा

Advertisement

देवदह- रुपन्देहीको क्षेत्र नम्बर १ का राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार प्रज्वल बोहरा (प्रशान्त)ले क्षेत्रमा आन्तरिक सडक संजाल राम्रो नभएको जनाएका छन् । उनले रुपन्देही विकसित जिल्ला भएर पनि क्षेत्र नम्बर १ भने आन्तरिक सडक संजालमा पछाडि रहेको बताए ।

Advertisement

क्षेत्रमा मतदाता भेटघाटका क्रममा स्थानीयले आन्तरिक सडक संजाल राम्रो नभएको र भएका ठाउँमा पनि खाल्डाखुल्डी भएको गुनासो गरेका थिए । स्थानीयले यसअघिका जनप्रतिनिधिले काम नगर्दा अधिकांश सडकहरु दूरावस्थामा पुगेको बोहरासँग दुखेसो पोखेका थिए ।

स्थानीयको गुनासोप्रति आफू गम्भीर रहेको जनाउँदै राप्रपा उम्मेदवार बोहराले विकासको पहिलो खुड्किलो मध्ये सडक पूर्वाधार पनि एक भएको बताए । ‘तपाईंहरुको गुनासो सही छ, विगतका जनप्रतिनिधिले यहाँहरुको आवाज सुनेनन् होला, मैले तपाईंहरुकै भावना अनुसार काम गर्न आएको छु, सडक संजाललाई बलियो बनाउन लागिपर्छु ।’

उनले खाल्डाखुल्डी भएको सडकका कारण यात्रा गर्न पनि कठिन हुने गरेको बताए । ‘कालोपत्रे गरिएको भनिन्छ, तर जताततै सडक भत्किएका छन्’, उनले भने, ‘यस्ता सडकमा यात्रा गर्दा स्थानीय, विरामी, बृद्धबृद्धा र गर्भवती महिलाहरुलाई निकै समस्या परेको छ । यो समस्या हटाउन राप्रपाले जित्न जरुरी छ ।’

उनले हुलाकी र पूर्व–पश्चिम राजमार्ग केही राम्रो भए पनि भित्री खण्डहरु जर्जर रहेको आफूले पाएको बताए । वर्खामा हिलो र हिउँदमा धुलो खाएर स्थानीयले आफ्नो दैनिकी चलाइरहेको जनाउँदै बोहराले यस्ता समस्या समाधान गर्ने पार्टी राप्रपा भएको दावी गरे । उनले उद्योगधन्दासम्म पुग्ने सडक मार्गहरु पनि जीर्ण रहेको जनाउँदै त्यस्ता सडक राज्यले प्राथमिकता दिएर बनाउनुपर्नेमा जोड दिए ।

लघुवित्त र सहकारी पीडितले न्याय पाउनुपर्छः राप्रपा उम्मेदवार बोहरा

सरकारी विद्यालयको शिक्षा सुधार गरी सबै अभिभावकको रोजाई हुने गराउनुपर्छः बोहरा

रूपन्देही–१ मा विशेषज्ञ चिकित्सकसहितको सुबिधा सम्पन्न अस्पताल जरुरी छः बोहरा

समृद्ध क्षेत्र नम्बर १ मेरो प्राथमिकताः राप्रपा उम्मेदवार बोहरा

रूपन्देही-१ मा प्रमुख दललाई नयाँको चुनौती