May 21, 2024, Tuesday
८ जेष्ठ २०८१, मंगलवार

तिलक सिंह पेलाको ‘हेर दिन ढल्यो’ सार्वजनिक

गायक तिलक सिंह पेलाको नयाँ गीत सार्वजनिक भएको छ । ‘हेर दिन ढल्यो’ बोलको गीत उनले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । 

Advertisement

पछिल्लो समय ‘उज्यालो’ अर्थात खुसीले आम मानिसको साथ छोडेको प्रसंग उनले गीतमार्फत बताएका छन् । खुसी अन्त्यै बसाईं सरको भन्दै उनले गीतमार्फत विगतको सुख र खुसीको सम्झना गरेका छन् । 

Advertisement

पछिल्लो समय खुसी अर्थात उज्यालोको अभावमा मान्छेको उर्जाशील समय बित्ने गरेको बताउने गीतले विगतको उज्यालोको परिकल्पना गर्दैमा अहिले समय बितिरहेको भनेको छ । 

कृष्ण सिंह पेलाको शब्दरचना रहेको गीतमा संगीत तथा स्वर तीलकको छ । संगीत संयोजन रिदम कणेँलले गरेका छन् । 

विष्णु शर्माले निर्देशन गरेको भिडियोमा गायक तीलक स्वयं छन् । तिलकको ‘के लत बस्यो’ बोलको गजल केही समय पहिला लोकप्रिय भएको थियो ।