May 16, 2022, Monday
२ जेष्ठ २०७९, सोमबार

चलचित्र ‘षट्कोण’को टिजर सार्वजनिक

कर्मा र भोलाराज सापकोटा मुख्य भूमिकामा रहेको चलचित्र ‘षट्कोण’को टिजर सार्वजनिक गरिएको छ । साइकोलोजिक थ्रिलर जानरामा निर्माण भएको चलचित्रको टिजरले दर्शकमा कौतुहलता जगाउँछ । 
 
चलचित्रमा कर्मा एक मर्डर मिस्ट्रीको खोजीमा लागेको पत्रकारको भूमिकामा छन् । 

चलचित्रमा कर्मा र भोलाराज सापकोटासँगै लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बूलगायतको अभिनय छ । शिशिर लिम्बू वानेमको कथा तथा पटकथा रहेको चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन् ।

मिलन डि काप्रीले निर्देशन गरेको चलचित्र वैशाख २३ गते रिलिज हुनेछ । चलचित्र कोरोना महामारी अगाडि नै निर्माण भएको थियो । 

Advertisement