August 11, 2022, Thursday
२६ श्रावण २०७९, बिहीबार

गायक अनीश ओकिलीको ‘सिमल भुवा’ सार्वजनिक

गायक अनीश ओकिलीले आफ्नै आवाज, शब्द तथा सङ्गीतमा गीत ‘सिमल भुवा’ बजारमा ल्याएका छन् । गोपाल रसाइलीको सङ्गीत संयोजन रहेको गीतको भिडियो निर्देशन ओरिअन टिमले गरेको हो ।

Advertisement

भिडियोको कन्सेप्ट गायक ओकिलीकै रहेको छ । गायक ओकिलीले यो भन्दा पहिले ‘सरिताको दिदी’ गीत ल्याएका थिए।

हाल सार्वजनिक भएको गीतको भिडियोमा प्रिया रानी लामा र प्रज्वल श्रेष्ठको अभिनय रहेको छ। विकास मगरको छायांकन, सम्पादन र कलरिङ भिडियोमा समावेश छ। अनीश ओकिली युट्युब च्यानलमा भिडियो हेर्न सकिन्छ ।

३ दशक देखि साङ्गतिक क्षेत्रमा सक्रिय रहेका ओकिलीको गुलाबी जाडो ,झ्याल बाट हेरी लगायत गीतहरू चर्चित छन् ।