April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

पल शाह र समिक्षाको ‘डिग्रीसम्म पढौँला’

गायिका समिक्षा अधिकारी र जीवन पन्तको स्वरमा ‘डिग्रीसम्म पढौला’ गीत सार्वजनिक भएको छ। दीपक शर्माको शब्द र संगीतमा बनेको गीतलाई श्यामश्वेत रसाइलीले एरेञ्ज गरेका हुन्।

स्कूले उमेरका किशोरकिशोरीबीचको प्रेम अनि भविष्यका लागि बुनिएको सपनाहरु यो गीतको शब्दमा छ। गीतमा उदाउँदी गायिका समिक्षा अधिकारी र पल शाहले अभिनय गरेका छन्।

नेपालका मौलिक गाउँका किशोर किशोरीको रुपमा यी दुईलाई देखाइएको छ। गट्टा खेल्ने, डोली चढाउने जस्ता मौलिकता देखाइएको छ। नायक पल शाह र समिक्षा अधिकारी नेपालको सरकारी विद्यालयको पोशाक आकाशे रंगको सर्ट र गाढा निलो फ्रक, पाइन्ट लगाएका छन्।

Advertisement