September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

हरिवंश र मिलनको ‘कालु भेना’मा नाजिर र आँचल

कलाकार हरिवंश आचार्य सधै‌ सक्रिय र सफल छन्। फरक विधामा काम गरिरहने उनी पछिल्लो समय निरन्तर गीतहरु सार्वजनिक गरिरहेका छन्। हालै आफ्नो स्वर र अभिनयमा ‘माछीलाई खोलीको लेउ’ गीत ल्याएका हरिवंशले नयाँ गीत सार्वजनिक गरेका छन्।  

सार्वजनिक ‘ए कालु भेना’ बोलको यो नयाँ गीत उनले गायिका मिलन नेवारका साथमा गाएका छन् । गीतमा हरिवश आचार्यको नै शब्द र संगीत रहेको छ। गीत किरण तुलाधरको एरेन्ज र श्यामश्वेत रसाईलीको मिक्सिङमा बनेको छ।  

हरिवंश आचार्य, नाजिर हुसेन, आँचल शर्मा र आर्यन खरेलले अभिनय गरेको यो गीतको भिडिओ निर्देशक गम्भीर बिष्टले आकर्षक बनाएका छन्।

गाउँघरको परिवेश र त्यहाको माहोललाई समेटेर गम्भीरले भिडिओको निर्देशन र कोरियोग्राफी निकै आकर्षक गरेका छन्। हरिवंशका गीत र भिडियोबाट अपेक्षित संदेश भिडिओमा प्राप्त गर्न सकिन्छ। नवराज उप्रेतीले खिचेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन्। गज्जब टिभीको प्रस्तुति रहेको गीतको भिडियो गज्जब टिभीको अफिसियल युट्युबबाट रिलिज भएको छ।