September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सुरू (Live)

लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने प्रक्रिया सुरू भएको छ। ४ बजेपछि शुरू भएको चौथो बैठकमा सभामुख पूर्णबहादुर घर्तीले संविधानको धारा १८८ को उपधारा १ र प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम केसीले मुख्यमन्त्रीमा बिश्वासको मत लिने प्रकृया अघि बढाएका हुन्।

प्रमुख प्रतिपक्ष दलले तेस्रो बैठक पनि बहिस्कार गरेका छन्। मुख्यमन्त्रीले विश्वासको मत माग्दै समृद्धिको यात्रामा अघि बढ्न आग्रह गरेका छन् ।