October 16, 2025, Thursday
२०८२ आश्विन ३० बिहीबार

यी १६ देश, जहाँबाट लुम्बिनी आए मात्रै १–१ जना पर्यटक

भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनीमा सन् २०२५ को नौं महिनासम्म १६ देशबाट जम्मा १–१ जना पर्यटक आएको पाइएको छ । लुम्बिनी विकास कोषले उपलब्ध गराएको तथ्यांक अनुसार केही युद्धग्रस्त देशहरुबाट समेत एक–एक जना मात्रै पर्यटकले लुम्बिनी घुमेका छन् ।

Advertisement

२०२५ को जनवरीदेखि सेप्टेम्बरसम्मको तथ्यांक अनुसार अफगानीस्तानबाट सेप्टेम्बरमा १ जना मात्रै पर्यटक आएन छन् । यस्तै, बेलारुसबाट मार्च, बेनिनबाट अप्रिलमा, बोस्निया र हर्जगोभिनाबाट फेब्रुअरीमा, बोलिभियाबाट अप्रिलमा, चाडबाट जुलाईमा, क्रोएशियाबाट मे महिनामा एक–एकजना मात्रै पर्यटक आएका छन् ।

यसैगरी, डोमिनिकाबाट अप्रिल, इक्केडरबाट मार्च, घानाबाट अप्रिल, टापुबाट जनवरी, केन्याबाट अप्रिलमा, मलावीबाट सेप्टेम्बरमा, माल्टाबाट अगस्टमा, साउदी अबरबाट अगस्टमा र स्वीजरल्याण्डबाट मार्चमा एक–एक जना पर्यटक मात्रै लुम्बिनी भ्रमणमा आएका छन् ।

नौ महिनाको अधिमा लुम्बिनी तेस्रो मुलुकका ९८ देशका ७२ हजार ५१० पर्यटक लुम्बिनी आएका छन् । सन् २०२४ भर १५ देशबाट एक–एक जना पर्यटक आएका थिए । उक्त वर्ष ११० देशबाट १ लाख ११ हजार ४०३ जनाले लुम्बिनी भ्रमण गरेका थिए । सन् २०२३ मा ६ देशबाट एक–एकजना पर्यटक लुम्बिनी आएका थिए । उक्त वर्ष ८५ मुलुकका ७६ हजार २१० पर्यटक लुम्बिनी घुम्न आएको विकास कोषको तथ्यांक छ ।