July 27, 2026, Monday
२०८३ श्रावण १२ मंगलवार

पौने २६ करोडमा लुम्बिनी सांस्कृतिकको प्रशासनकि भवन बनाउन ठेक्का सम्झौता, निर्माणको जिम्मा बाबुललाई

Advertisement

भैरहवा– रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि ठेक्का सम्झौता भएको छ । नेपाल सरकार, एशियाली विकास बैंक र नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा प्रशासनिक भवन निर्माणका लागि ठेक्का सम्झौता भएको हो ।

Advertisement

नगरपालिकाले लामो समयदेखि भाडाको भवनबाट सेवा प्रबाह गर्दै आएको छ । ठेक्का सम्झौता पछि अब भने पालिकाको भवन निर्माण हुने छ । यही असोज २८ गते पालिका भवन निर्माणका लागि ठेक्का सम्झौता भएको हो ।

सम्झौत अनुसार २०८४ असोज २७ गतेभित्र भवन निर्माण गरिसक्नुपर्ने छ । २५ करोड ७० लाख ८६ हजार ६९८ रुपैयाँ कुल लागतमा निर्माण हुने भवन निर्माणको जिम्मा बाबुल निर्माण सेवा, रुपन्देहीले पाएको छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिका–३, लंकापुर र ठुलो पडरियाको बिचमा तेलार नदीछेउमा प्रशासनिक भवन निर्माण हुनेछ । ठेक्का सम्झौतामा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली र बाबुल निर्माण सेवाको तर्फबाट नविद अहमद खाँले हस्ताक्षर गरेका छन् ।

नगरपालिका उपप्रमुख कल्पना हरिजन र प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले समयमै निर्माणको काम सम्पन्न गरी उदाहरण पेस गर्न ठेकेदार कम्पनीलाई आग्रह गरे । ठेकेदार कम्पनीका संचालक खाँले तोकिएकै समयमै काम सम्पन्न गर्ने जनाउँदै यसका लागि पालिकाबाट आवश्यक सहयोग हुने विश्वास लिए ।