October 16, 2025, Thursday
२०८२ आश्विन ३० बिहीबार

फलोअप: पुरिए मणिग्राम क्षेत्रका खाल्डाखुल्डी

तिलोत्तमा– रुपन्देहीको मणिग्रामदेखि शिवपुर सडक खण्डको चार नम्बर, अंकल किराना पसलचोक, टीका भवनचोक लगायत क्षेत्रका खाल्डाखुल्डी पुरिएका छन् । यहाँका सबैजसो चोकमा खाल्डा परेको बारे पत्रकार टोपराज शर्माले फोटोसहित सामाजिक संजालमा स्टाटस लेखेका थिए । त्यसैलाई आधार बनाई पब्लिक कुराले समाचार सम्प्रेषण गरेको थियो ।

Advertisement

समाचार प्रकाशनपछि तिलोत्तमा नगरपालिकाले खाल्डाखुल्डी पुरेको हो । यस क्षेत्रमा खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम बढेको थियो । विषेशगरी मोटरसाइकल दुर्घटनाको जोखिम बढीरहेको स्थानीयले बताएका थिए । बेलैमा खाल्डा पुरे वा मर्मत गरे जोखिम कम हुने र सडक थप क्षति हुन जोगिने बारे पब्लिक कुराले सचेत गराएको थियो । यसबारे आवाज उठाउने पत्रकार शर्माले बिहीबार फेरि आफ्नो फेसबुकमा अर्को पोष्ट गर्दै खाल्डाखुल्डी पुरिएको जनाएका छन् ।

स्थानीयले एउटा सचेत पत्रकार र संचारमाध्यमले विषय बाहिर ल्याएपछि खाल्डाखुल्डी पुरिएको जनाएका छन् । तत्कालका लागि खाल्डाखुल्डीमा बालुवा राखेर पुरिएको छ ।

फोटोः पत्रकार टोपराज शर्मा

खाल्डा टालौ न कमसेकम !