एसईई परीक्षाको ‘बधाइको क्रम’ र ‘आत्महत्या’को अवस्था


भैरहवा– एसईई परीक्षाको नतिजा सार्वजनिक भएपछि राम्रो अंकसहित आफ्नो छोरा–छोरी वा नातेदार उतीर्ण भएको गर्व गर्दै सामाजिक संजालमा ‘बधाई’ दिनेक्रम होडबाजीकै रुपमा चल्यो । बधाई दिने क्रम अझै पनि चलेको छ । बधाई दिनेक्रम विद्यार्थीका अभिभावक र नातेदारमामात्र सिमीत रहेन । कतिपय सम्बन्धित विद्यालयले राम्रै तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको तस्वीरसहित सामाजिक संजालमा राखेर खुब प्रचार गरे । कतिपय विद्यालयले पत्रकार सम्मेलन नै गरे । यो काम बिशेष गरि निजी विद्यालयले गरे । आफ्नो विद्यालयमा राम्रो अध्यापन हुने गरेकाले ति विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएको दावी गरे ।
अव केही दिन ति विद्यालयबाट उतीर्ण भएका विद्यार्थीको तस्वीरसहित विभिन्न संचारमाध्यम बिज्ञापनले रंगिने छन् । अन्य विद्यार्थी र अभिभावकलाई आफ्नो विद्यालयप्रति आकर्षित गरेर शिक्षाको व्यापार गर्ने राम्रो माध्यम यसलाई नै बनाएका छन् । तर, याहाँनिर भन्नु पर्ने कुरा के छ भने, त्यस्ता प्रचारवाजी गर्ने कतिपय विद्यालयमध्ये अधिकांश यस्ता पनि छन् जहाँ अभिभावकले चर्को महशुल बुझाएर पढाउँदा पनि विद्यालयको पढाइ कमजोर भएकाले अतिरिक्त महशुल तिरेर अलग्गै कोचिङ कक्षा वा होम ट्युसन पढाउन बाध्य छन् ।
यसरी अभिभावकले खाइनखाइ दुःख गरेर कमाएको आम्दानी जति आफ्नो सन्तानको पढाइमा खर्च गरेपछि राम्रो नतिजा ल्याएका विद्यार्थीको तस्वीर राखेर बिद्यालयले बिज्ञापन राख्दै आफ्नो व्यवसायिक प्रचार गर्ने । अनि बधाइ दिँदा भन्ने गरिन्छ, ‘यति अंकसहित उत्कृष्ट नतिजा ल्याउने… द्यिालयको होनहार नक्षेत्रहरु र शिक्षक तथा शिक्षाकालाई बधाइ ।’
यति बधाइ दिँदा ति अभिभावक जसले आफ्नो गाँस काटेर वा ऋण खोजेर भए पनि आफ्नो सन्नततीको पढाइका लागि खर्च गरेका छन् । तिनै निजी बिद्यालयको चर्को शैक्षिक महशुल तिरेका छन् । त्यही बढाउने गरेका शिक्षक शिक्षिकासँग कोचिङ क्लास वा ट्युसन पढाएर अतिरिक्त खर्च गर्न बाध्य छन् । वा कोचिङ क्लास वा ट्युसनका लागि अन्यत्र प्रबन्ध मिलाएका छन् । ति अभिभावकलाई बधाइको हकदार बनाइँदैन ।
राम्रो नतिजा नआएपछि आत्महत्या
एसईई परीक्षामा राम्रो नतिजा ल्याएको भन्दै सामाजिक संजाल र औपचारिक रुपमा बधाइको क्रम तात्दै गर्दा कतिपय विद्यार्थी भने आाफ्नो नतिजा राम्रो नआएपछि पीडाबोधले आत्महत्याको बाटो रोज्ने गरेका छन् ।
बधाइ दिने व्यक्तिले बधाइ दिनु अगावै राम्रो नतिजा ल्याउन नसकेका विद्यार्थीका लागि प्रेरणा दिने वा हौसला दिने पनि मेरो जिम्मेवारी हो भन्ने आफ्नो कर्तब्यबाट बिमुख हुने गर्दा समाजमा अर्को नकारात्मक असर पारेको हुन्छ ।
आफ्नाको मात्रै सफलतामा रमाउने हाम्रो यस खालको परिपाटीकै उपज मान्नुपर्छ, परीक्षामा राम्रो नतिजा ल्याउन नसक्नेले गर्ने गरेको आत्महत्या । रुपन्देहीमा एसईई परीक्षाले जताततै बधाइको माहौल तातिरहेका बेला देवदह नगरपालिकाका दुई जना छात्राले भने राम्रो नतिजा ल्याउन नसकेकाले आतमहत्याको बोटो राजेको घटना हाम्रा सामु छन् ।
प्रहरीका अनुसार, देवदह नपा १ की पुजा न्यौपाने र २ की सृष्टि गुप्ताले नतिजा राम्रो नआएकाले आत्महत्याको बाटो रोजेका हुन् । उनीहरु दुवैले एसईई परीक्षाको नतिजा सार्वजनिक भएको लगत्तै गत १४ गते शुक्रवारका दिन आत्महत्या गरेका हुन् ।
‘दुवैजनाको आत्महत्याको कारण एसईई परीक्षामा राम्रो नतिजा ल्याउन नसक्नु भएको उनीहरुको सुसाइट नोटबाट खुलेको छ’, यस घटनाको वारेमा अनुशन्धान गरिरहेको इलाका प्रहरी कार्यालयका, बुटवलका प्रहरी निरीक्षक दीपेन्द्र बानियाले भने, ‘उनीहरुले सुसाइट नोटमा राम्रो नतिजा नआएकाले आफ्नो अभिभावक र शुभेच्छुकलाई सरी हजुरहरुले भने र चाहेजस्तो नतिजा आउन सकेन भनेर उल्लेख गरेका छन् ।’








लेखकको सम्वन्धमा