November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

पाल्पाः ठाउँ सुन्दर, प्रचार–प्रसार अभाव

पाल्पा– पर्यटकीय दृष्टिकोणले पाल्पा महत्वपूर्ण जिल्लामा पर्छ । यहाँ अपार पर्यटकीय स्रोत र सम्पदाहरु छन् । पाल्पा जिल्लानजिकै नेपालका धेरै ख्याति कमाएका पर्यटकीय स्थलहरु छन् । पाल्पा एउटा सुन्दर पहाडी जिल्ला हो । यहाँ मुख्यगरी नेपाली, मगर, नेवारी, कुमाल भाषा बोल्ने गरिन्छ । सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा प्राकृतिक विविधताका हिसाबले पाल्पा जिल्लालाई एक धनी जिल्लाको रुपमा चिनिएको छ । पाल्पालाई ‘काठमाडौं उपत्यकाको भाइ’ भन्ने चलन पनि छ ।

Advertisement

पाल्पा जिल्लामा धार्मिक, ऐतिहासिक तथा पर्यटकिय स्थलहरु प्रशस्त छन् । सुदुर पश्चिममा रहेको बल्ढेङ्गढी ऐतिहासिक गढी हो । पहाडको टाकुरामा रहेको यस गढीबाट हिमाल र पहाड साथै तराईतर्फ देखिन्छ । यह“ा प्राचीन दरवारको भग्नावशेस छ । बल्डेङ्गगढी राज्यभित्र इस्माकोट, मुसिकोट, खाँचीकोट र अर्घाकोट पनि समावेश थिए । यस स्थललाई विकास गर्न सके पक्कै पयर्टन आकर्षण गर्न सकिन्थ्यो । पाल्पाको रिब्दिकोट कुसुमखोला, पालुङमैनादी र ठिमुरेबीचमा छ । घना जंगलबीचमा रहेको यो ठाउँमा रहेर शेनबंशी राजा रुद्रशेनले शासन संचालन गर्दथे ।

Advertisement

पछि यहाँबाट राजधानी सारिएको हो भन्ने भनाई छ । यहाँ जलेश्वर महादेवको मन्दिर पनि छ । भैरवस्थान गाविसमा पुर्नाकोट पनि पर्यटकीय स्थल बन्न सक्ने सम्भावित स्थान हो । तर, यसलाई पनि कसैले वास्ता गरेको छैन । यस स्थानमा सेनबंशी शासकहरुको राजदरबार रहेको कुरा इतिहासहरुमा उल्लेख भएको पाइन्छ ।

पर्यटन उद्योगलाई विश्वभर नै एउटा धूवा“रहित उद्योगको रुपमा लिने गरिन्छ । त्यही भएकैले विश्वका हरेक देश अहिले पर्यटन विकासतर्फ आकर्षित हु“दै गएका छन् । पर्यटनबाट राष्ट्रिय अर्थतन्त्रमा ठूलो सघाउ मिल्छ । त्यसैगरी वैदेशिक मुद्रा आर्जनमा पनि पर्यटनले महत्वपूर्ण भूमिका खेल्दछ । पर्यटनलाई व्यवसायिक तवरबाट अगाडि बढाउन सकियो भने यसले राष्ट्रिय विकासका विविध क्षेत्रमा गहकिलो योगदान पुर्याउन सक्छ ।

पाल्पास“ग जोडिएको तराइको रुपन्देही जिल्ला सदरमुकाम तानसेनदेखि ३९ किलोमिटरमा छ । ६५ किमीमा भारतीय सीमाको बजार सुनौली पर्छ । लुम्बिनीबाट ८० किमीको दूरीमा उत्तरतर्फ तानसेन अवस्थित छ । नेपालको प्रख्यात पर्यटकीय गन्तव्य पोखरा तानसेनबाट १ सय १८ किमी दूरीमा छ । पर्यटन व्यवसायलाई आधुनिक ढंगले विकास गरी यसको उचित प्रवद्र्धन तथा बजारीकरण गर्ने हो भने पाल्पाले धेरै लाभ लिन सक्छ । तर, अहिलेसम्म त्यो हुन सकेन ।

अहिलेसम्म तानसेन र वरिपरिका केही ठाउ“बाहेक पर्यटनको विकास हुन सकेको छैन । यसमा कसैको चासो पनि छैन । भाषणमा सबै राजनीतिक दल, कर्मचारी, संचारकर्मी, नागरिक समाज, उद्योगी, व्यवसायीले पयर्टनको नारा लगाउँछन् । तर, त्यसलाई कार्यान्वयनका लागि भने कसैको चासो देखिएको छैन । नारा भजाएर खान पल्केकाहरुले ठोस काम गर्न पनि नचाहेको देखिएको छ ।

पुर्नाकोटदेखि केही पश्चिम एउटा सिलाङको पुरानो रुख छ । यो रुखमा फुल फूल्दा तीन कोषसम्म बासना पुग्छ भन्ने प्रख्यात लोकउक्ति छ । तर, दुर्भाग्य सडक चौडा गर्ने क्रममा उक्त रुख ढालिएको छ । वन कार्यालयमा एउटा रुख त्यसको जिवितै देख्न सकिन्छ । पश्चिमकै पयर्टकीय स्थलको रुपमा भैरवस्थान मन्दिर हो । तानसेन–रिडी सडकबाट १० मिनेट पैदलयात्रा गरेपछि यहाँ पुग्न सकिन्छ । तर, यसको उचित व्यवस्थापन हुन सकेको छैन । अग्लो स्थानमा मन्दिर भएकाले यहाँबाट हिमालीक्षेत्रको अवलोकन गर्न सकिन्छ ।

प्रताप शमशेर राणाले एशियाकै सबैभन्दा ठूलो त्रिशुल चढाएको भन्ने विश्वास गरिन्छ । अहिले पनि त्रिशुल छ । यहाँ रहेको भैरवको मूर्ति मणिमुकुन्द सेनले काठमाण्डौबाट ल्याएको भन्ने भनाई छ । पाल्पा भैरवको नामले प्रख्यात यस मन्दिरको मर्मतसम्भार, मन्दिरको नाममा रहेको गुठी जग्गाहरुको खोजी, गरगहनाहरुको खोजी, चढाएको भेटीलाइ संस्थागत गर्ने, मन्दिर प्रवेश गर्दा प्रवेश शुल्क लिने, मन्दिर व्यवस्थापन समिति बनाई क्रियाशिल पार्ने आदि जस्ता कार्यहरु गरेमा मन्दिर अझ व्यवस्थित हुने थियो ।

पाल्पाकै बौघापोखराथोकमा रहेको सिद्ध गुफा पयर्टकीय स्थल बन्न सक्ने थलो हो । सदरमुकामदेखि नजिकै रहेको यहाँ पैदलयात्राबाट पनि पुग्न सकिन्छ । यहाँ पुग्न गोरेटो बाटो पनि बनेको छ । तर, प्रचारप्रसार छैन । यसलाई व्यवस्थित गर्न सकिएको छैन । कसैलाई चासो पनि छैन । गुफा भित्रै रहेको शिव लिंग आकारको ढुंगालाई शिवलिंगको रुपमा पूजा गर्ने गरिएको छ । रानीघाट दरवार क्षेत्र जिल्ला सदरमुकामबाट उत्तरतर्फ २ घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ । रानीघाट दरवार वौघागुम्वा र खानीगाउँबीच सीमानामा छ । यस दरवारलाई रानीमहल, नेपालको ताजमहल, तेजमहल नामले पनि चिनिन्छ ।

जस्ता अनेक उक्तिहरु जोडिएको यस रानीघाट दरवार वास्तवमै सुन्दर छ । प्रशिद्ध कालीगण्डकी नदीको तीरबाट जग स्थापना गरी निर्माण गरिएको यो दरबार पाल्पाका तात्कालीन वडा हाकिम खड्ग शमसेरबाट आफ्नी रानी तेजकुमारीको सम्झानामा निर्माण गरिएको हो । मूल दरवार क्षेत्र पुरातत्व विभागद्वारा मर्मतसंभार गरे पनि उचित संरक्षण हुन सकेको छैन । केवल रंगरोगन र जस्ता मात्र बदलिएको छ ।

तानसेन नगरक्षेत्रभित्र पनि थुप्रै पर्यटकीय स्थल छन् । तानसेनको भगवती टोलमा रणउजीरेश्वरी मन्दिर छ । मन्दिर वि.सं. १८७१ मा उजीर सिंह थापाले नेपाल अंग्रेज युद्ध हुँदा अंग्रेज पक्षलाई परास्त गर्न पाऊ भनी भाकल गरेअनुसार उनको मनोकांक्षा पूरा भएपछि नयाँ मन्दिर बनाएका थिए । र, नेपालमा एक मात्र राजकीय सम्मान प्राप्त जात्राको पनि शुरुवात गरेका थिए । उनको नामबाट नै मन्दिरको नाम रणउजिरेश्वरी भगवती रहन गएको हो ।

तानसेनकै अमरनारायण मन्दिर पनि अर्को आकर्षण हो । वीर वलभद्र थापाका छोरा सानकाजी अमरसिंह थापाले विं.सं. १८६३ मा यस अमरनारायण मन्दिरको निर्माण गरेका थिए । उनैको नामबाट नै अमरनारायण मन्दिर नामाकरण गरिएको हो । यो मन्दिर आकर्षक काष्ठ कलाले सिंगारिएको छ । मन्दिरको खम्वा, टुडाललगायत जताततै काठमा ज्यादै आकर्षक रतीक्रियामा संलग्न काष्ठकला प्रस्तुत गरिएको छ । ३ तले यस मन्दिरको छाना झिंगटीले छाइएको छ भने तल्लो तलामा चारैतिर चारद्वारहरु छन् । तानसेनको मध्य भागमा रहेको तानसेन दरवार प्रताप शमशेरद्वारा निर्माण गरिएको हो । यो दरवार राणा शासनको समयमा पश्चिम नेपालको प्रमुख प्रशासकीय केन्द्र थियो । ३ तला र बीच भागमा चोक रहेको यो दरवार वर्गाकारको छ ।

दरवार परिसर सँगैसँगै तत्कालीन राणा प्रशासकहरु हात्तिमा चढेर ओहोरदोहोर गर्नका लागि एउटा मूलढोका निर्माण गरिएको थियो र हाल यद्यपी छँदैछ । यो मूलढोकालाई नेपालकै ठूलो मूलढोका भन्ने गरिन्छ । यसको गतसाल मर्मतसंभार गरिएको थियो । दरवार परिसरमै तात्कालीन समयमा संचालन गरिएको बैंक घर जीर्ण अवस्थामा छ, जसलाई तीन साँचा भन्ने गरिन्थ्यो । जीर्ण भएकाले जुनसुकै समयमा पनि ढल्न सक्ने स्थितिमा छ ।

दरवार परिषरमै खड्ग समशेर राणाद्वारा निर्मित २ वटा खड्ग स्तम्भहरु छन् । उचित संरक्षण हुन नसक्दा जुनसुकै वेला पनि ढल्न सक्ने स्थितिमा रहेकाले स्तम्भहरुको संरक्षण गर्नु पर्ने देखिन्छ । नगर क्षेत्रमै अन्य विभिन्न मठमन्दिरहरु छन् । जसमध्य श्रीनगर गणेश मन्दिर, टक्सारको गणेश मन्दिर, भिमसेन टोलको भिमसेन मन्दिर, शीतलपाटीको भिमसेन मन्दिर अमरगंजको भैरव मन्दिरहरु प्रख्यात छन् । यीबाहेक नगर क्षेत्रमै मुस्लिम धर्मावलम्वीहरुको मस्जिद समेत छन् ।

तानसेन वजार भन्दा ठीकमाथि रमणीय श्रीनगर डा“डा छ । समुद्री सतहबाट करिव ४१०० फिटको उचाईमा अवस्थित यो क्षेत्र पुरातात्विक रुपले महत्तवपूर्ण छ । प्रकृतीप्रेमीहरुका लागि हिमालदेखि तराइको दृष्यावलोकन गर्न सकिने हु“दा पनि यसको ठूलो महत्व रहन गएको छ । तानसेन वजारबाट करिवब ७ किमी टाढा सिद्धार्थ राजमार्गसँगै एउटा सुन्दर बगैँचा देखा पर्छ र किनारमा ताल पनि छ । त्यही भागलाई प्रभास क्षेत्र भनिन्छ । ताल भन्दा दक्षिणतर्फ फैलिएको सुन्दर डाँडो छ ।

यसै डाँडोमा सेन राजाहरुको दरवारको भग्नावशेष वंश गोपालको मन्दिर आदि छन् । प्रभास क्षेत्रमा रहेको कमलपोखरी र छेउमा रहेको सूर्यकुण्ड धार्मिकरुपले प्रख्यात छन् । कमलपोखरी क्षेत्रमा रातो जंगली धान समेत प्राप्त हुने हँुदा यस क्षेत्रको अझ महत्व बढेको छ ।

पाल्पाकै तिनाउ गाउँपालिकाको दोभानमा सिद्धार्थ राजमार्गसँगै सिद्धबाबा छ । प्रसिद्ध सिद्धको मन्दिर रहेको यस स्थानमा हरेक बिहान कुहिरो निस्कने गर्दछ । यसलाई सिद्धबाबाले गाँजा खाएर धुवा उडाएका हुन भन्ने जनयुक्ती छ । दोभान, ५ स्थित नुवाकोट डाँडामा प्रसिद्ध नुवाकोटगढी छ । सिद्धार्थ राजमार्गबाट उत्तरतर्फ करिब १ घण्टा पैदलयात्रा पछि यस क्षेत्रमा पुग्न सकिन्छ । डाँडोमा पुगेपछि एउटा प्राचीन चौतारी छ ।

यस डाँडोमा नै सेनवंशी राजाहरुले निर्माण गरेको एक भैरवको मन्दिर छ । गोठादीको माथा भन्ने स्थानमा माथागढी छ । गढीमा हालसम्म पनि युद्धका सामाग्रीहरु छन् । कोलडाँडाको अग्लोडाँडाको टुप्पामा सत्यवती ताल छ । सुन्दर तथा घना जङ्गलबीचमा रहेको यस ताल वास्तवमै सुन्दर छ । कात्तिक पूर्णिमाका दिन साँझमा मेला लाग्ने यस स्थानमा वर माग्ने हो भने सत्यवतीमाइले पु¥याइ दिन्छिन् भन्ने जनविश्वास छ । चाहेको वर माग्दा चिच्याएर ताल वरीपरि घुम्दै माग्नु पर्ने हुन्छ ।

सदरमुकामदेखि करिब २५ किमीपूर्व ताहु गाविसमा प्रसिद्ध रम्भापानी क्षेत्र पर्दछ । घना जङ्गल भित्र रम्भादेवीको मन्दिर छ । सीताको आग्रहमा रामले वाण प्रहार गरि पानी निकालेको र सिताको अर्को नाम रमा भएको हुँदा रमापानी भन्द भन्दै रम्भापानी नाम रहन गएको भन्ने भनाइ छ ।

सदरमुकामबाट करिब ३० किमी पूर्व हेक्लाङ गाविसको अग्लो डाँडामा वाकुमगढी छ । पाल्पा राज्य र गोर्खा राज्यवीच लडाई हुँदा पाल्पाले गोर्खालाई यसै गढीबाट हराएको थियो । पिपलडाँडामा रहेको रिम्घालेक यस क्षेत्रको प्रख्यात लेकभित्र पर्दछ । अग्लो पहाड भएको कारण यहाँबाट हिमाल तथा तराईको दृश्यावलोकन गर्न सकिन्छ । यहां विभिन्न देवदेवीहरुका मठमंन्दिरहरु पार्टीपौवा छन् । सदरमुकामदेखि झण्डै ६० किमी पूर्व रामपुर नगरपालिकाको दर्छामा सिता कुण्ड छ ।

पहाडको अग्लो भागमा रहेको कुण्डमा सिताले स्नान गरेको भन्ने भनाई छ । यस कुण्ड वरिपरि रहेका रुखहरु सवै कुण्डतर्फ नै झुकेको देख्न सकिन्छ । सदरमुकामबाट करिब ७०–७५ किमी टाढा सहलकोट गाविसको जुरे गुफा प्राकृतिक गुफा हो ।

वौघापोखराथोकको अग्लो डाँडामा चेचिकोट अथवा रतनपाँडे पनि भन्ने गरिन्छ । रतनपाँडेलाई प्राचीनकालका प्रख्यात वैद्य र पिनास निकोपार्ने देवता र तान्त्रिकको रुपमा मान्ने गरिन्छ । चापपानी गाविसको बगनास भन्ने ठाउँमा वगनास देवी मन्दिर पनि छ । यो भगवतीको पुरानो मन्दिर हो । शक्तिकीे प्रतीक भगवती भएकीे हुंँदा अष्ठमीमा पञ्चवली लैजाने गरिन्छ र वली दिइन्छ ।

सदरमुकामबाट पश्चिम भुवनपोखरीमा प्रशिद्ध रैनादेवीको मन्दिर छ । पाल्पाका सातवटी देवीमध्ये एउटी देवी रैनादेवी हुन भन्ने भनाई छ । सदरमुकामबाट पश्चिम उत्तरतर्फ अर्गलीसँंगै प्रशिद्ध रिडी (रुरु) क्षेत्र छ । हिन्दूहरुको प्रशिद्ध तीर्थस्थल रुरु कन्याको जन्मस्थल, मृगु तथा और्व ऋषिको तपोभूमि यस क्षेत्र ऋषिकेशवको मन्दिरले गर्दा अझ प्रशिद्ध छ ।

मणिमुकुन्द सेनद्वारा स्थापित प्रशिद्ध ऋषिकेशव मन्दिर र वरिपरि अन्य प्रशिद्ध मठमन्दिरहरु छन्, जुन दर्शनीय छ । यीबाहेक पाल्पामा बौघागुम्हाको बैकुण्ठे झरना, कोलडाँडाको रक क्लाइम्बिङ्, राम्दीदेखि केलादीसम्म र्याफ्टिङ्, बल्ढेङ्गढीमा पर्यापयर्टन, अर्गली, रामपुर, मदनपोखरालाई कृषि पयर्टनको रुपमा पनि विकास गर्न सकिन्छ । पछिल्लो समय सरकारले पनि सय पर्यटकीय गन्तव्यका रुपमा रामपुरको तालपोखरालाई राखेको छ । यसको विकास र विस्तार र्गन सके अझ महत्वपूर्ण पर्यटकीय गन्तव्य नबन्ला भन्न सकिन्न ।

खेल पयर्टन, प्याराग्लाइडिङ, पदयात्राका रुपमा विकास गर्न सकिने पनि थुप्रै क्षेत्र छन् । तर, विकास गर्नका लागि भने कसैको चासो र चिन्ता भने देखिएको छैन । पछिल्लोपटक पाल्पामा जिपलाइन र प्याराग्लाइडिङ सुरु भएको छ । प्याराग्लाइडिङ तानसेन र जिपलाइन भैरवस्थानमा संचालनमा आएको हो ।