बच्चा अपहरण गर्ने हल्लाले सिमावर्ती बस्ती आतंकित



भैरहवा– भारतीय मूलका महिलाको समूह नेपालमा आइ बच्चालाई विभिन्न प्रलोभनमा पारेर चोरेर लैजाने अफवाहले पछिल्ला केही दिनदेखि सिमावर्ती नेपाली बस्ती आतंकित भएको छ । यस खालको भ्रम र अफवाहबाट केही निजी विद्यालय, सामाजिक संजाल र संचारमाध्यम समेतले विश्वास गर्न थाल्नाले त्रास र आतंक झनझन बढ्दै गएको छ ।
यस खालको आतंकले विद्यालय जाने विद्यार्थीको कलिलो मस्तिष्कमा भय र त्रासले नकारात्मक असर त पारेको छ नै, त्यसभन्दा बढी कुनै पनि बस्तीमा अपरिचित महिला देखा परेमा बच्चा चोरको आरोपमा कुटाई, दुव्र्यवहार खाँदै प्रताडित बन्नु पर्ने खतरा बढेको छ । धेरैजना महिला यस खालको अफवाह र भ्रमको सिकार बनिसकेका छन् ।
गत मंगलबार भैरहवास्थित जिल्ला प्रहरी कार्यालयमा परिसरमा बच्चा अपहरण गर्न खोजेको आरोप लगाइएर स्थानीयद्वारा तीनजना महिलालाई पुर्याइए । त्यो पनि कुटपिट र दुव्र्यवहार गरिँदै । जसमध्ये दुईजनाको आफ्नै साना बच्चा दिए । एक महिला गर्भवती थिइन् ।
प्रहरीका अनुसार, ति तीनैजना महिला भैरहवाको हाटबजारमा माछा बिक्री गर्ने गरेका महिला थिए । शान्तिनगरस्थित एक घरमा उनीहरुको सानिआमा भाडामा बस्थिन् । सानिआमा बजारमा माछा बिक्री गर्न गएका वेला ति महिला सानिआमा बसेको घरको कोठामा ढक तराजु खोज्न गएका बेला अपरिचत महिलालाई देखेपछि घरवेटीको तर्फबाट अपहरणकारिको शंका गरेपछि दोहोरो बिवाद भएको थियो । विवादको क्रममा हातहालाहाल भएपछि ति तीनजना महिलाले अन्यको बच्चा खोसेर लैजान लागेको आरोप लगाउँदै अपहरणकारीको आरोप लगाइएको थियो ।
‘हाटबजारमा माछा बिक्री गरेर दुख र संघर्ष गर्दै बालबच्चासहित परिवारको गुजारा गर्दै आएका छौं’, सोधपुछका लागि प्रहरी परिसरमा भेटिएकी उषा साहले रुँदै भनिन्, ‘आफ्नै बच्चालाई राम्ररी पाल्न सकिएको छैन । अर्काको बच्चा लगेर कसरी पाल्ने ?’ आफूहरु बच्चा अपहरणकारी नभएको र सानिआमाको कोठामा हराएको ढक तराजु खोज्न आएको बताउँदा पनि आफूहरुमाथि कुटपिट र दुव्र्यवहार भएको पीडित अर्की महिला लक्ष्मी साहले बताइन् ।
यस्तै खालको अर्को घटना, गत सोमवार रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मंगलापुरमा घट्यो । तानसेन नगरपालिका–११ घर भएकी ज्योति रञ्जन ५ बर्षकी छोरीलाई लिएर माइत जान घरबाट निस्किइन् । माइत घर भारत घर भएकी उनी बुटवलस्थित नातेदारकोमा बसेपछि सोमवार रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मंगलापुरमा पैदल हिँडिरहेकी थिइन् ।
उनको हिंडाइ अस्वाभाविक खालको र भारतीय मूलकी भएकाले बोलीमा हिन्दी लवज आएका कारण स्थानिय केही वासीन्दाले बच्चा चोर्ने महिला हुन सक्ने अनुमान गरे । उनिहरुले नजिकको प्रहरी कार्यालयमा खवर गरे । प्रहरीले सोधपुछका लागि बच्चा सहित ति महिलालाई जिम्मा लियो । महिलालाइ नियन्त्रणमा लिएको तस्वीर खिचेर स्थानीय एक महिलाले बच्चा अपहरण गर्ने महिलालाइ बच्चासहित प्रहरीले नियन्त्रणमा लिएको भनेर सामाजिक संजाल फेसबुकमा पोष्ट गरिन् ।
उक्त समाजिक संजांलले केहीवेरमैं व्यपाकता पायो । धेरैले उक्त पोष्टलाई ट्याग गरेर प्रचार गरे । केही दिनदेखि बच्चा अपहरण गर्ने गिरोह समूह र बिशेष गरि महिला गाउँगाउँ र सहरमा आएको भनि पैmलिएको हल्लालाई यस घटनाले थप बल दियो । प्रहरीले बच्चासहित ति महिलालाई सोधपुछका लागि लिएको तस्वीरले प्रमाणको रुपमा त्यस घटनालाई लिन थालियो । जताततै आतंक मच्चिन थाल्यो । स्थानीय भयभित र आतंकित बने ।
‘सोधपुछबाट ति महिला बच्चा अपहरणकारी नभएको र अरुको बच्चा लैजाने कुनै नियत नभएको यतार्थता खुल्यो’, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएपी श्यामु अर्यालले भने, ‘यतार्थता नबुझिकन सामाजिक संजालको प्रयोग गरिनु र उक्त सामाजिक संजाललाई सवैले पत्याइहाल्नाले निम्त्याएको परिणामको एउटा उदाहरण हो यो ।’ सामाजिक संजालमा उक्त खवर पोष्ट गर्ने ति महिलाले पछि माफी मागेको अर्यालले बताए ।
अर्यालका अनुसार, ति महिलाले मादक पदार्थ सेवन गरेका कारण सडकमा पैदल हिँड्दा केही अस्वाभाविक अवस्थामा थिइन् । पाल्पाबाट रोजगारीका लागि भारतमा पुगेका उनका लोग्नेले उनीसंग भारतमैं विवाह गरेका थिए । यो अफवाह पैmलिएपछि तिलोत्तमा नगरपालिकाले सोमवार नै अत्यन्तै जरुरी सूचना भन्दै तिलोत्तमा नगरपालिका लगायत्का क्षेत्रमा बच्चा अपहरण गर्ने गरेका घटनाहरु दिनहुँ बढ्दै गैरहेको भन्ने बिषय विभिन्न संचारका साधन तथा सामाजिक संजालमा आएकाले सजग रहन अभिभावकलाई अनुरोध सहितको सूचना नै जारी गर्यो ।
ति महिलाले फेसबुकमा गरेको पोष्ट र तिलोत्तमा नगरपालिकाले गरेको सूचनालाई जारी गरेर कतिपय अनलाइन संचारमाध्यमले समेत समाचार बनाए । अपहरणकारीले बच्चाको अपहरण गरेर भारतको सहमा पुर्याउने र त्यहाँ बच्चाको मृगौला, आंखा लगायतको अंग निकालिदिने, सडकमा माग्न लगाउने लगायतका प्रयोजनका लागि अपहरण हुने गरेको हल्ला व्यापक छ । यस खालको हल्ला र आतंक रुपन्देही, पश्चिम नवलपरासी र कपिलबस्तुको दक्षिणी सिमावर्ती गाउँमा फैलिएको छ ।
यिनै हल्लालाई आधारमा मानेर सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिका क्षेत्रका आधा दर्जन भन्दा धेरै निजी बिद्यालयले अभिभावकहरुलाई सम्बोधन गर्दै सूचना जारी गरे । सूचनामा बच्चाको अपहरण हुने गरेको खवर विभिन्न समाचार र सामाजिक संजालमा आइरहेको उल्लेख गर्दै बच्चालाई बिद्यालयको बसमा चढाउँदा, ओराल्दा र हिँडेर आफै बिद्यालय आउने बिद्यार्थीलाई पनि संभव भएसम्म आफैले ल्याउन लैजाने गरिदिन आग्रह गरिएको छ ।
बिद्यालयले जारी गरेका यस्ता सूचनाले यो हल्ला र आतंकलाई घर घरसम्म पुर्याएको छ । कुनै पनि गाउँ वा बस्तीमा बिशेष गरि तराइ मूलका महिला आफ्नै बच्चासहित हिंडे पनि अपहरणकारीको आरोपमा कुटपिट र दुव्र्यवहारबाट धेरै महिला प्रताडित हुने गरेका छन् ।
बच्चा अपहरण गर्ने हल्लाले धेरै सर्वसाधारण महिला प्रताडित हुनु परेपछि र सिंगो बस्ती नै आतंकित हुन थालेपछि रोकथामकालागि प्रहरीले पहल थालेको डीएसपी अर्यालले बताए । ‘धेरै मानिसको भिडभाड हुने स्थलहरुमा प्रहरी गस्तीसहितको सुरक्षा बढाएका छौं । यस्ता अफवाहको पछाडी नलाग्न सर्व साधारणलाई अजुरोध पनि गर्न थालिएको छ’, अर्यालले भने, ‘कतै यस्ता घटना भैहालेमा वा शंकास्पद गतिबिधि देखेमा कुटपिट र दुव्र्यवहार नगरिकन तत्काल प्रहरीलाई खवर गर्नका लागि पनि आग्रह गरिएको छ ।’ यस्तै आतंक अभैm बढ्दै जान थालेमा प्रहरीले सार्वजनिक स्थल र बस्ती बस्तीमा हल्ला र अफवाहको पछाडी नलाग्नका लागि माइकिङ गर्ने तयारीमा रहेको पनि उनले जनाए ।








प्रतिकृया दिनुहोस्