अमेरिकाद्वारा विश्वभर रहेका आफ्ना नागरिकहरूका लागि नयाँ चेतावनी


मध्यपूर्वमा चलिरहेको तनावलाई मध्यनजर गर्दै अमेरिकी विदेश मन्त्रालयले विश्वभर रहेका आफ्ना नागरिकहरूका लागि नयाँ चेतावनी जारी गरेको छ।
सामाजिक सञ्जाल एक्समा विदेश मन्त्रालयले अपिल गर्दै भनेको छ, ‘विश्वभर र विशेषगरी मध्यपूर्वमा बसिरहेका हाम्रा नागरिकहरूलाई थप सावधानी अपनाउन आग्रह गर्दछौं ।’
यसमा भनिएको छ, ‘समय-समयमा हवाई मार्ग बन्द हुँदा उनीहरूको यात्रामा अवरोध आउन सक्छ। मध्यपूर्व बाहिर पनि अमेरिकी कूटनीतिक नियोगहरूलाई निशाना बनाइएको छ।’
विदेश मन्त्रालयले अगाडि भनेको छ, ‘इरानलाई समर्थन गर्ने समूहहरूले विदेशमा अमेरिका र यसका नागरिकहरूसँग जोडिएका स्थानहरूलाई निशाना बनाउन सक्छन्।’








प्रतिकृया दिनुहोस्