August 10, 2026, Monday
२०८३ श्रावण २५ सोमबार

लुम्बिनी सांस्कृतिकमा सम्भावित आयोजनाहरुको स्थलगत अवलोकन

Advertisement

लुम्बिनी– रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा नेपाल सरकार तथा विश्व बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजना अन्तर्गत सञ्चालन हुने सम्भावित आयोजनाहरूको स्थलगत निरीक्षण तथा अवलोकन गरिएको छ ।

Advertisement

नगरपालिकाकी कार्यवाहक नगर प्रमुख कल्पना हरिजनको नेतृत्वमा आयोजना समन्वय कार्यालयबाट सहसचिव लिला खतिवडा, आयोजना उपनिर्देशक सविन कर्मचार्य, वडा नम्बर २ का वडाध्यक्ष तथा नगर प्रवक्ता इनामुल्ला फकिर, वडा नम्बर १२ का वडाध्यक्ष हरिकेश लोध, नगरपालिकाका इन्जिनियर–प्रोजेक्ट म्यानेजर आशिषकुमार यादव, इन्जिनियर शोयब अन्सारी तथा समन्वयकर्ता तुलसीराम लामिछानेको सहभागिता सम्भावित आयोजनाहरुको निरीक्षण तथा अवलोकन गरिएको हो ।

नगरपालिकाका समन्वयकर्ता लामिछानेले विभिन्न वडाहरुमा पुगेर सम्भावित योजनाको अवलोकन गरिएको जनाए । परियोजना संचालनका लागि यसले सहजीकरण समेत हुने उनको भनाई छ ।

लामिछानेका अनुसार स्थलगत रूपमा वडा नम्बर १२ को आमा वनवाटिका र उक्त वडाकै आमा पुनिहवा ताल क्षेत्रमा निरीक्षण तथा अवलोकन गरिएको छ । यस्तै, वडा नम्बर २को नोखनिया ताल र भुजइया, वडा नम्बर ५ को हरित पार्क तथा सरसफाइ केन्द्र, मनोहरपुर, वडा नम्बर ७ को कर्वला पोखरी, कर्महवा र वडा नम्बर ९ को पोखरी क्षेत्र अवलोकन गरिएको हो । यी क्षेत्रमा सुन्दरीकरण, पर्यटकीय पूर्वाधार विकास र अन्य विकास निर्माणका काम गर्ने नगरपालिकाको तयारी छ ।