June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

यसपटकको लुम्बिनी महोत्सव कसरी विशेष खालको छ ? (भिडिओ)

Advertisement

भैरहवा– मंसिर ३ गतेदेखि २१ गतेसम्म भैरहवामा ‘सातौं लुम्बिनी महोत्सव’ सञ्चालन हुँदैछ । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही)को आयोजनामा महोत्साव हुन लागेको छ । उक्त महोत्सवको कृषि, पर्यटन, उद्योग र व्यापार प्रबद्र्धन गर्ने मुख्य उद्देश्य हो । यस पटकको महोत्सवमा फिस टनेल, जलपरी, आइफिल टावर लगायत बाल उद्यानको मनोरञ्जन र विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती मुख्य आकर्षण छ ।

Advertisement

नेपालमैं पहिलो पटक भियतनामबाट चारजना महिला जलपरी ल्याएर घण्टौंसम्म पानीभित्र विभिन्न आकर्षक क्रियाकलापको प्रदर्शनी गरिने र महोत्सवको टिकटदर पहिला भन्दा सामान्य केही थप भए पनि त्यस भित्रै जलपरी, फिस टनेल र समग्र महोत्सवको अवलोकन गर्न पाउने जनाइएको छ । यस्तै, महोत्सवमा तराईदेखि हिमालका उत्पादन खरिद तथा अवलोकन गर्न पाइने छ । यसै सन्दर्भमा मेला आयोजक समितिका संयोजक एवं चेम्बरका अध्यक्ष सचिन रोकाले महोत्सवबारे विस्तृतरुपमा बताएका छन् ।

हेरौं यो भिडियो