कस्तो छ मुलुकमै पहिलोपटक रूपन्देहीमा उत्पादन भइरहेको दानेदार अर्गानिक डीएपी मल ?
भैरहवा– खेती गर्ने बेला किसानले भोग्ने मुख्य समस्यामा पर्छ मल अभाव । मुलुकमा उत्पादन नहुँदा सधैं बाह्य मुलुकबाट आयात गर्नुपर्ने मल सरकारले पर्याप्त भित्र्याउँदैन, त्यसैमा समयमा आउँदैन । यस्तो पिरलोले किसान सधैं चिन्तामा हुन्छन् ।
तर, पछिल्लोपटक रुपन्देही अर्गानिक मल उत्पादन हुन लागेपछि किसानले राहत पाउने अपेक्षा गरिएको छ । जिल्लाको रोहिणी गाउँपालिका–४, कोटहवामा ग्रो मोर फर्टिलाइजर एण्ड केमिकल प्रालि संचालनमा आएपछि किसानले राहत पाउने अपेक्षा गरिएको हो । उच्च गुणस्तरको ग्रो मोर रत्नम अर्गानिक दानेदार मल (डीएप) बजारमा आइसकेको छ । भैरहवाका उद्यमी सिद्धार्थ अग्रवाल र पुनम अग्रवालले उक्त उद्योग संचालनमा ल्याएका हुन् ।
माटोको उर्वराशक्ति बढाउनुका साथै बढी उत्पादन लिनका लागि स्वदेशी उद्योगमा नै तयार गरिएको मल प्रयोग गर्न उनीहरुले आग्रह गरेका छन् । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट सूचिकृत यो मल डीएपीको विकल्प हो । यो दानेदार मल पूर्णरुपमा अर्गानिक भएको उद्योगको दावी छ । एक वर्षसम्म सरकारी निकाय र स्थानीय किसानको खेतबारीमा प्रयोग–परीक्षण पछि मल बजारमा ल्याइएको छ । परीक्षणका क्रममा मल सफल मानिएको छ ।
दानेदार अर्गानिक मल
नेपालमा वर्षौंदेखि अन्नबाली तथा बोटबिरुवामा रासायनिक मल र विषादी पदार्थको प्रयोग हुँदै आएको छ । रासायनिक मल र विषादी पदार्थको अत्यधिक र असन्तुलित मात्रामा भएको प्रयोगले माटोलाई अझै रासायनिक बनाउने र जमिन मुनिको पानीलाई विषालु बनाउनु साथै बोटविरुवा तथा अन्नबाली जलाउने हुँदा माटोको उर्वराशक्ति र क्षमता तिव्र गतिमा ह्रास हुँदै गइरहेको छ । जसले किसानहरुको आर्थिक, सामाजिक, पर्यावरणीय स्थितिले जीवनस्तरमा नकरात्मक प्रभाव पारेको छ ।
माटोको उर्वराशक्तिलाई दिगो बनाई बालीविरुवा हराभरा फुल्न, फल्न र राम्रो उत्पादनका लागि आवश्यक प्रोटिन नाइट्रोजन, फस्फोरस, पोटास, कार्बन, क्याल्सियम, म्यागनेशियम र सल्फर लगायतका अन्य अत्यावश्यक पोषक तत्वहरुको परिपूर्ति ग्रो मोर फर्टिलाइजर एण्ड केमिकल प्रालिबाट उत्पादित रत्नम दानेदार अर्गानिक मलले पुरा गर्ने दावी उद्योग संचालकको छ ।
प्रमुख तत्वहरू र तिनका लाभहरू
–मलमा नाइट्रोजन, फस्फोरस र पोटासियम लगायत मुख्य पोषक तत्वहरु मिसिएको छ । यी तत्वहरूले माटोको उर्वराशक्ति बढाउँदछ ।
–क्यालसियम, आइरन बोरोन, म्यागलेसियम लगायत सहायक पोषक तत्वहरू मिसाइएको छ । यी तत्वहरुले बोटविरुवाको स्वास्थ्य र उत्पादकत्व बढाउँदछ ।
–सुक्ष्मजीव भएकाले यसले माटोमा सूक्ष्मजीवहरुको संख्या बढाई माटोको संरचनामा सुधार ल्याउँछ ।
–जलधारण क्षमता भएकाले यो मलले माटोको जलधारण क्षमता बढाउँदछ, जसले सुख्खा अवस्थामा पनि बालिविरुवालाई पानीको आवश्यकता पुरा गर्न सहयोग गर्दछ ।
–रोग प्रतिरोध क्षमता राम्रो हुने भएकाले यो मलले बोटविरुवामा लाग्ने रोग प्रतिरोध क्षमता बढाउँछ ।
–यसका साथै दीर्घकालसम्म माटोको गुणस्तर र उत्पादकत्व कायम राख्न, कृषि क्षेत्रमा हुनसक्ने प्रदूषण रोक्न, उच्च पोषण र गुणस्तरयुक्त उत्पादन गर्न यस मलको प्रयोगले महत्वपूर्ण भूमिका खेल्दछ ।
रासायनिक मल र रत्नम दानेदार मलबीचको प्रभाव र तुलना
रासायनिक मलले माटोमा रासायनिक अवशेषहरु छोड्दछ, जसले माटोको स्वास्थ्यमा नकारात्मक असर पुर्याई माटोको संरचना विगार्दछ । यसका साथै रासायनिक मलले कम पोषण तत्व प्रदान गर्दछ । अर्कोतर्फ रत्नम दानेदार अर्गानिक मलको प्रयोगले माटोको स्वास्थ्यमा सुधार ल्याई उत्पादन क्षमता बढाउन मद्दत गर्दछ । यसले दीर्घकालीन रुपमा माटोको उर्भरा क्षमता बढाउनुका साथै बातावरणालाई समेत सुरक्षित राख्न मद्दत गर्दै समग्रमा किसानहरुको जीवनस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा छ ।
रासायनिक मल र अर्गानिक मलको तुलनात्मक विवरण
रत्नम दानेदार अर्गानिक मलको आवश्यकता किन ?
रासायनिक मलको अत्यधिक प्रयोगले गर्दा माटोको उब्जाउपना घट्दछ । रासायनिक मलहरूमा पाइने नाइट्रोजनको मात्रा ३.० देखि ३.५ प्रतिशतसम्म मात्र हुन्छ, जबकि बचेको अंश माटोको लवणता बढाउँछ । रत्नम दानेदार अर्गानिक मलले माटोमा २० प्रतिशतभन्दा बढी अंशको जैविक कार्बन तत्व आपूर्ति गर्दछ । यसले माटोको भौतिक, रासायनिक, जैबिक गुणस्तर सुधार गर्दछ । अर्गानिक खादको प्रयोगले वातावरणलाई पनि सुरक्षित राख्छ । यसले फसलको उत्पादकत्व बढाउँछ र जमिनको जलधारण क्षमता बढाउँछ ।
रत्नम दानेदार अर्गानिक मलमा उपलब्ध तत्वहरुको मात्रा
बोटविरुवा तथा अन्नबाली र जमिन अनुसार उपयोग, विधि, र समय
किसानहरुको सहजताका लागि मल ५, २५ र ५० केजीमा उपलब्ध रहेको उद्योगले जनाएको छ । मुलुकका विभिन्न जिल्लाहरुमा रहेका डिलरमार्फत् अहिले मल विक्री भइरहेको छ । कतिपय किसानले उद्योमै आएर मल खरिद गर्ने गरेको संचालक बताउँछन् ।
प्रतिकृया दिनुहोस्